नेभिगेसन मेनु

उप्रेतीको कवितासङ्ग्रहमाथि विमर्श
समय:2026-11-25 11:55

photo-kabitabaachan

 अग्रज साहित्यकार लक्ष्मी उप्रेतीको कवितासङ्ग्रह ‘जीवनगीत’ ले जीवनका विविध पक्षलाई साहित्यिक अभिव्यक्तिमार्फत उजागर गरेको वक्ताले बताएका छन् । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको कृतिमाथि विमर्श कार्यक्रममा साहित्यकार तथा समीक्षकले ‘जीवनगीत’ भित्र समेटिएका कविताको विषयवस्तु, भावभूमि र साहित्यिक पक्षमाथि चर्चा गर्नुभयो ।

कार्यक्रममा साहित्यकार तथा समीक्षक दिङ्लाली कान्छो, बाबुराम पोखरेल र निर्मला कोइरालाले कृतिको समीक्षा गर्दै सङ्ग्रहमा जीवनवादी चेतना सशक्त रूपमा अभिव्यक्त भएको बताउनुभयो । उहाँहरूले कवितामा राष्ट्रप्रेम, प्रकृतिप्रेम, जीवनप्रतिको आशा, सुशासन, मानवीय संवेदना र पारिवारिक सम्बन्ध जस्ता विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । 

समीक्षकका अनुसार ‘जीवनगीत’ का कविताले जीवनका सुखदुःख, सामाजिक यथार्थ र मानवीय अनुभूतिलाई समेट्दै सकारात्मक जीवनदृष्टि प्रस्तुत गर्नुभयो । विभिन्न विषय र भावलाई कवितात्मक शैलीमा अभिव्यक्त गरिएको कृति जीवन र समाजलाई बुझ्ने साहित्यिक दृष्टिकोणका हिसाबले पनि महत्वपूर्ण रहेको उहाँहरूको भनाइ थियो ।

कवि एवं पत्रकार मीनकुमार नवोदितले कार्यक्रम सञ्चालनमा भएको विमर्शमा कवि प्रतिमा निरौला, सीमा आभास, मधु पोखरेल, हरिप्रसाद बराल, लक्ष्मी पोखरेल र शुभलक्ष्मी लम्सालले कविता वाचन गर्नुभयो । उहाँहरूको कविता वाचनले कार्यक्रममा साहित्यिक माहोल थप जीवन्त बनेको थियो । वरिष्ठ कलाकार कुशेश्वर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार विवश पोखरेल, कृतिका लेखक लक्ष्मी उप्रेती र प्रतिभा पुरस्कार प्रतिष्ठानका उपाध्यक्ष सरला चापागाईंसहितले कृतिको साहित्यिक महत्वबारे धारणा राख्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी