नेभिगेसन मेनु

इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी
सम्पादक:南亚网络电视
समय:2025-10-09 15:34

 

 wechat_2025-10-09_131810_463

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन् । यसको अर्थ बन्धकहरूलाई चाँडै रिहा हुने उनले उल्लेख गरेका छन् । 

उनले ऐतिहासिक घटनाको लागि कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्नसक्ने पनि बताएका छन् । 

इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता सुरु गरेका थिए ।  अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि, इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस भएको छ । 

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार कम्तीमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर