नेभिगेसन मेनु

विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा यी महिलालाई आजीवन कारावासको सजाय
सम्पादक:南亚网络电视
समय:2025-09-08 13:38


 jj_WwKP909ZRw

मेलबर्न । अष्ट्रेलियाको एउटा अदालतले विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा दोषी ठहर भएकी महिलालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

दोषी महिला एरिन प्याटर्सनले आफ्नो पूर्व पतिका आमाबाबुलाई विषालु च्याउ खुवाएर मारेको यस घटनाले सारा संसार तरङ्गित बनेको थियो । यो मुद्दामा कस्तो फैसला आउला भनेर सारा संसारले हेरिरहेका थिए । 

के हो मामिला ?

पूर्व पतिका आमाबाबु सहित तीन जनालाई प्याटर्सनले विषाक्त च्याउ खुवाएर मारेकी थिइन् । प्याटर्सनलाई जुलाईमा हत्याको दोषी ठहराइएको थियो । सोमबार अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको छ । उनले सन् २०२३ मा आफ्नो पूर्व पतिका आमाबाबु र काका–काकीलाई आफ्नो घरमा खाना खान निम्तो दिएकी थिइन् । 

यस क्रममा खानामा उनले विषाक्त च्याउ मिसाइन् । सो खाना खादा तीन जनाको मृत्यु भयो । यो मुद्दा संसारभर ‘मशरुम मर्डर’को रूपमा प्रसिद्ध छ । यी हत्याहरूको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । 

आफूले अनजानमा खानामा विषाक्त च्याउ मिसाएको दाबी गरेकी प्याटर्सनले गरेकी थिइन् । तर, अदालतले उनको दाबी स्वीकार गरेन । यो घटना भएको पूर्व पतिसँग प्याटर्सनको झगडा भइरहेको थियो । बच्चाहरूको खर्चलाई लिएर दुवैबीच विवाद चलिरहेको थियो । अदालतको आदेश अनुसार, एरिनले ३३ वर्षपछि मात्र परोल पाउनेछिन् । त्यतिबेला उनी लगभग ८३ वर्षको हुनेछिन् । यो सजाय विरुद्ध अपील दिन पैटर्सनसँग २८ दिन बाँकी छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर