नेभिगेसन मेनु

१८ वर्षमै बिहेको हतारो किन?
सम्पादक:南亚网络电视
समय:2025-04-21 13:22

bihe 18 barsa

एस् ए टी भी ०८ वैशाख, काठमाडौँः १८ वर्ष पुगेपछि विवाह गर्न पाउने भनेर कानुन बनाउन लागेको चर्चा अहिले सबैतिर छ। विभिन्न समुदायबाट पनि १८ वर्षलाई विवाह गर्न दिने कानुनी उमेर बनाउनुपर्छ भन्ने माग सार्वजनिक भएका छन्। यही आधारमा कानुन संशोधन गर्न लागेको भनिएको छ।

कुन समुदायबाट यस्तो कुरा आयो ? कुनै अध्ययनअनुसन्धानले बताएको हो ? खुलाइएको छैन। बरु एउटा तर्क दिइयो– ‘अहिले १५–१६ वर्षमा हलक्क बढ्छन् किशोर/किशोरीहरू। त्यसैले उनीहरूलाई यौनप्रति रुचि बढ्छ। त्यसैले विवाह गर्ने उमेर घटाउनुपर्छ।’

यौनप्रति रुचि त बालबालिकामा निकै सानोदेखि हुन्छ। त्यसलाई प्रस्तुत गर्ने तरिका मात्र भिन्नै हुन्छ।

वैज्ञानिक अनुसन्धानअनुसार २० वर्षको उमेरभन्दा कम मस्तिष्कमा के ठीक के बेठीक भनेर छुट्याउने, निर्णय दिने क्षमता पनि विकसित भइसकेको हुँदैन। यो बेलामा आवेग धेरै आउँछ। त्यसैका आधारमा जीवनमा ठूला निर्णय गर्दा धेरै गल्ती गरिन्छन्। यो मेरो विचार होइन। विभिन्न वैज्ञानिक अनुसन्धाने निकालेका निष्कर्ष हो। हाम्रा नेता र सांसदले अध्ययन गरे भइहाल्छ।

कुनबेला मानव मस्तिष्क परिपक्व हुन्छ त भनेर केही सांसदले भन्लान्। ‘पहिले पहिले त महिलाले १४–१५ वर्षमा नै विवाह गरेर बच्चा पाउँथे। ठीकै थियो नि उनीहरूलाई कुनै समस्या भएको थिएन’– यस्तो भन्नेहरू के बिर्सन्छन् भने त्यो बेलामा हाम्रो समाज कस्तो थियो, कति महिला आमा बन्दा मर्थे, कुनै तथ्याङ्क थिएन।

सुदूरपश्चिममा त गर्भावस्था र सुत्केरी अवस्थालाई ‘जेतकाल’ (अर्थात् दोस्रो जन्म) भन्ने चलन थियो अर्थात गर्भावस्था पार गरी सुत्केरी भएर बाँचियो भने दास्रो जन्म भएको मानिनुपर्छ। अर्थात् आमा बन्दा मर्नु सामान्य प्रक्रिया थियो। मेरी आमाको विवाह १० वर्षको उमेरमा भएको थियो। १६ वर्षमा पहिलो बच्चा जन्मियो। मेरी आमा बाँचिन। सुदूरपश्चिमका कति महिलाको त्यहीबेला सुत्केरी अवस्थामा मृत्यु भयो होला। ७४ वर्षअघि कुनै तथ्याङ्क थिएन। कसैलाई थाहा भएन। बाँचेकाहरू गनियो। मर्नेहरू मरिरहे।

त्योबेला कानुनबारे खासै कसैलाई सरोकार थिएन। ‘छोरी मरी, राम्रा घर परी’ भन्ने जस्ता उखान समाजमा सहजै बोलिन्थे। त्यसैले आजभन्दा २० वर्षअगाडि नेपाली महिलाको सरदर आयु पुरुषको भन्दा कम थियो। बालिकाहरूको बेवास्ता भएर, कुपोषण भएर, सानोमा विवाह गर्दा सुत्केरी अवस्थामा मर्नु नेपाली समाजका लागि एक सहज प्रक्रिया थियो वा नियति नै। भगवानले त्यस्तै कर्म दिएर जन्मँदा मरिन् भन्नु सामान्य थियो।

सानो उमेरमा विवाह भएर मृत्यु पनि पाठेघर झरेर समस्या पर्ने, अनेक किसिमका प्रजनन, अनेक समस्या भएर महिलाहरू जीवनभर पीडा लिएर बाँच्नु सामान्य थियो। के नेपाली समाज फेरि त्यतै फर्कन चाहन्छ ? बल्ततल्ल नेपाली समाज तंग्रिन थालेको छ। के फेरि राणा कालमै पुर्‍याउने हो?

अहिले केही १४, १५ र १६ वर्षमा भाग्छन्, मार्गदर्शन नपुगेर, भविष्यमा के गरे राम्रो के गरे नराम्रो हुन्छ भन्ने बुझाउने मान्छे नभएर भागेका हुन्। केवल यौन चाहना जागेको होइन। त्यो भगाइलाई कानुनी मान्यता दिने अब ? त्यसैले विवाहको उमेर घटाउने कि उनीहरूलाई मार्गदर्शन गर्नका लागि कुनै कार्यक्रम बनाउने सांसदजी?

कतिपय गाउँ र जातजातिमा सानैमा विवाह गरेर बच्चा पाउँदा आमा बुबा रक्सीले मातिएर, मातापिताले सन्तानलाई कुपोषित बनाएर, पढ्न नदिएर, बालमजदूर बनाएर, बालबाललिकालाई पनि रक्सी किन्न पठाएर, उनीहरूसँगै रक्सी खाएर जीवन बर्बाद पारेका छन्। त्यस्तो समुदाय वा गाउँमा किशोरकिशोरीहरू के गर्ने भन्ने मेलोमेसो पाउँदैनन्। विवाह गरे सुखी भइन्छ भनेर भागेर जान्छन्।

विशेषगरी कर्णाली र मधेस प्रदेश (जहाँ किशोरी र किशोर छिटो विवाह गर्छन्) मा मातृ मृत्यु दर, शिशु मृत्यु दर, शिशुको कुपोषण दर बढी छ। तथ्याङ्क आफैँ बोल्छ। यी ठाउँमा महिलाको मातृ मृत्यु दर, किशोरी र महिलाको पढाइको स्तर एकदमै कम छ।

महिलाको प्रजनन अंगको समस्या पनि एकदम बढी छ। यस्ता ठाउँमा बस्ने दलित र जनजातिहरूको स्थिति झन् खराब छ। अशिक्षा, पारिवारिक झगडा, रक्सी, काम नपाउने, कुनै सिप नभएको आदि अवस्था यस्तो ठाउँमा नै बढी छ।

यसका थुप्रै कारण छन्। त्योमध्ये एक प्रमुख कारण महिलाको कमजोर सामाजिक अवस्था, त्यसको कारणले गर्दा शिक्षामा ध्यान नपुग्ने, स्कुल गैहाले पनि घरको वातावरणबाट समस्या पर्दा कसैले माया नदेखाउँदा कुनै केटासँग आकर्षण भयो, मन पर्‍यो भने ऊसँगै जिन्दगी राम्रोसँग बित्ला भन्ने विचारले भागेर शोषणमा परेका युवतीको कथा हाम्रा राजनीतिक दलका नेतालाई थाहा नभएको होला र ? थाहा छैन, किनभने समुदायमा गएर दुःखसुख बुझे पो थाहा हुन्छ।

अहिले कुनै प्रदेशविशेषका दलहरूको प्रभावमा परेर छोरीलाई छिटै विवाह गराउँ भन्ने सांसदले भोलि छोरीलाई नागरिकता किन दिने, १८ वर्षमा विवाह गर्छन् र लोग्नेको नामबाट नै नागरिकता लिन्छन् भनेर पैरवी गर्न बेर छैन। छोरीहरूले बाबुआमाका सम्पत्तिमाथि दाबी गर्ने अहिले कानुनी आधार छ। तर त्यसो गर्दा समाज खत्तम भयो। परिवार बिग्रियो, दाजुभाइ रिसाए। त्यसैले महिलाको सम्पत्तिको अधिकार पनि खत्तम गराउ“ भन्ने दलहरू पनि पक्कै निस्केलान्। अनि सांसदले के त्यो कानुन पनि बनाउने ?

महिलाहरू भान्सामा पकाउन र बच्चा जन्माउन मात्र ठीक हुन्छन्। यिनलाई भोट दिने अधिकार दिनुहुँदैन भन्ने नेता, दल समाज पनि निकै निस्केलान्। अनि त्यसको पनि कानुन उल्टाउने, अफगानी महिलाहरूलाई जस्तै ? महिलाहरूलाई महिनावारी सुरु नहँुदै विवाह गर्नुपर्छ र लोग्ने मरेपछि सती जानुपर्छ भन्ने विचार भएका दल पनि पक्कै निस्केलान्।

यस्तै दल, प्रदेश, नेताहरूको महिलाप्रतिको विचारले नै गर्भको शिशुलाई छोरी भए पतन गराउने चलन छ। गर्भ पतन गराउने बढे, त्यसैले गर्भ पतनको कानुनी मान्यता खत्तम गरिनुपर्छ भनेर भन्ने नेता आए भने प्रजनन अधिकार नै खत्तम गर्ने?

अहिलेका दलका नेताहरूको विचार हेर्दा यस्तै लाग्छ। १८ वर्षमा विवाहलाई कानुनी मान्यता दिने भन्ने दलका सांसदले आफ्ना छोरा छोरीलाई १८ वर्षमा नै विवाह गरुन् त हेरौँ। होइन, आफ्ना छोरा छोरीलाई उच्च शिक्षा दिने रे। अरूका सन्तान त्यसमाथि पनि दलित, जनजाति, पहिचानबिहीनलाई तिमीहरू छिटै विवाह गरी जीवन त्यतिमै फ्याल भन्न खोजेको हो?

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर