नेभिगेसन मेनु

सेतो मच्छिन्द्रनाथको रथ लगन टोलमा लगियो
सम्पादक:南亚网络电视
समय:2025-04-08 11:42

jatra day 3

एस् ए टी भी २६ चैत्र, काठमाडौँः हरेक वर्ष चैत शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सोमबार तेस्रो दिन हनुमानढोका दरबार क्षेत्रबाट लगन टोलमा तानेर मनाइएको छ ।

जात्राको पहिलो दिनमा मच्छिन्द्रनाथ बहाल अवस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरबाट आर्यलोकितेश्वरको मूर्तिलाई बाहिर निकाली जमल तीनधारामा निर्माण गरिएको शिखरशैलीको रथमा विराजमान गराइ असन टोल सम्म रथयात्रा चलाइन्छ ।

रथयात्राको दोस्रोदिन भने असनदेखि हनुमानढोका दरबार क्षेत्रसम्मको जात्रा गरिन्छ भने आज तेस्रो दिन लगन टोलसम्म जात्रा गरिन्छ ।

लगनमा रहेको आमा रुख परिक्रमापछि भने रथबाट आर्यालोकितेश्वरको मूर्तिलाई निकाली खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल ल्याइ पुनः मन्दिरमा प्रतिस्थापन गरिन्छ ।

यस भगवनाको दर्शन गर्नाले दुःख रोग व्याधी कम हुने जनश्रुति रही आएको छ भने सक्नेले मन्दिरमा गएर दर्शन गर्ने र नसक्नेहरुका लागि घर दैलोमै दर्शन दिनका लागि यो जात्रा चलाइएको भन्ने भनाइ रहिआएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर