नेभिगेसन मेनु

गलैँचा बुनेर आत्मनिर्भर माझी महिला
सम्पादक:南亚网络电视
समय:2025-04-20 12:36

galaicha

एस् ए टी भी ०७ वैशाख, काठमाडौँः बर्सौंदेखि इन्द्रावती नदी बगरमा बालुवा, गिट्टी, ढुङ्गा लोड गरेर दैनिकी धान्न समस्या परेका चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिला अहिले गलैँचा बुनेर आत्मनिर्भर भएका छन् । 

गलैँचा बुनेर मनग्गे आम्दानी लिन थालेपछि माझी महिला बगरमा गएर बालुवा, गिट्टी, ढुङ्गा लोड गर्ने कठिन काम छाडेका  छन् ।  वडाका विपन्न सय घरका ६४ जना माझी महिला अहिले घरमै गलैँचा बुन्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले उनीहरूलाई गलैँचा बुन्ने तालिम दिएको थियो । तालिमपछि महिलाले घरमै फुर्सदका समयमा गलैँचा बुनेर मासिक २० हजारभन्दा बढी आम्दानी हात पार्दै आउनुभएको छ । 

एक जनाले महिनामा दुई वटा तान बुन्ने गर्नुहुन्छ ।  एक वटा तानमा गलैँचा बुनेको १० हजार रुपियाँभन्दा बढी कमाइ हुन्छ । ६४ जना महिलाले गलैँचा बुनेर राम्रो आम्दानी लिन थालेपछि पुरुष पनि गलैँचा बुन्न थालेका छन् । आर्थिक रूपमा अति कमजोर र चलअचल सम्पत्तिले अति नै कमजोर माझी महिलालाई नगरले सिप र तान अनुदानमा दिएपछि उहाँहरू मेहनत र लगनशील भएर गलैँचा बुन्न तल्लीन रहंदै आउनुभएको छ । 

घरायसी काम सकाएर फुर्सदका समयमा उहाँहरूले गलैँचा बुनेर आम्दानी लिन थालेपछि अन्य समुदायका महिला पनि माझी महिलासँग गलैँचा बुन्न सिक्न आउने गरेका स्थानीय सुस्मिता माझीले बताउनुभयो । 

महिलालाई गाउँघरमै स्वरोजगार भएर अभावबाट मुक्त गराउन गलैँचा बुन्ने सिप दिएर निःशुल्क तान प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । अहिले माझी बस्तीको सिङ्गै गाउँलाई गलैँचा उद्यम गाउँ बनाउन नगर लागिरहेको सापकोटाले बताउनुभएको छ । 

नगरपालिकाको १४ वटै वडाका महिला, विपन्न, गरिबलाई कुनै न कुनै सिप दिएर आत्मनिर्भर बनाउन नगर लागेको छ । माझी महिलाले बुनेको गलैँचा स्थानीय जुना माझीले यहाँ उत्पादित गलैँचा राजधानी पठाउन थालिएको छ । 

नगरको उद्यम विकास शाखाले राजधानीका कारखानासँग समन्वय गरेर गलैँचा बुन्ने अर्डर लिने गरेको शाखाका प्रमुख अर्जुन गहतराजले बताउनुभयो । गलैँचा गुणास्तर र आकर्षक हुने भएका कारण राजधानीका कारखानाले  गलैँचा बुन्न माझी महिलालाई सहजै काम दिन थालेका छन् । उक्त नगरपालिकाका १४ वटै वडामा ६०५ जना महिला, पुरुषले गलैँचा बुनेर आम्दानी लिँदै गरेको नगर उद्यम शाखाले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर