एस् ए टी भी , १८ असोज , काठ्माण्डौंः भारतको उत्तर प्रदेश राज्यमा ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा १० जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार उत्तर प्रदेशको मिर्जापुरमा बिहीवार अवेर राति दुर्घटना हुँदा ३ जना घाइते समेत भएका छन्।
मिर्जापुर प्रहरीका अुनसार ट्रकले पछाडीबाट ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। मृत्यु हुने सबैजना श्रमिक रहेको बताइएको छ।
घाइते ३ जनाको उपचारका लागि बनारस पठाइएको छ।