नेभिगेसन मेनु

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-10-03 12:17

bagh

एस् ए टी भी, १७ असोज काठमाण्डौँः भियतनामको चिडियाखानामा बर्डफ्लूका कारण ४७ बाघको मृत्यु भएको छ। ‘एच ५ एन १’ बर्ड फ्लू भाइरसको सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको बताइएको छ।

आधिकारिक भियतनाम समाचार एजेन्सी (भिएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरुको मृत्यु भएको हो।

चिडियाखानाहरूले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन्।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेशन फर नेचर भियतनाम (इएनभी)’ ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ।

सन् २०२२ देखि एच ५ एन १ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ।

भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर