नेभिगेसन मेनु

बाइडेनले आफ्नै उपराष्ट्रपति कमलालाई ‘भाइस प्रेसिडेन्ट ट्रम्प’ भनेपछि‍...
सम्पादक:南亚网络电视
समय:2024-07-12 12:24

WeChat Screenshot_20240712100939

एजेन्सी : अमेरिकाका राष्ट्रपति जो बाइडेनले दुई अलग कार्यक्रममा आफ्नै उपराष्ट्रपति कमला ह्यारिसको नाम भुलेका छन्।

बाइडेनले नेटोको शिखर बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिने क्रममा कमला ह्यारिसलाई झुक्किएर ‘भाइस प्रेसिडेन्ट ट्रम्प’ भनेका हुन्।

एक घण्टासम्म चलेको यो पत्रकार सम्मेलनमा बाइडेनले कमला ह्यारिस र ट्रम्पको नाममा भएको गल्तीलाई महसुस गर्न सकेनन्। राष्ट्रपति जो बाइडेनको फिटनेस देखाउनका लागि गरिएको विशेष पत्रकार सम्मेलनमा उनी आफैँ निरीह देखिए।

पत्रकार सम्मेलनपछि बाइडेनमाथि थप तीन डेमोक्रेटिक नेताहरू क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन समेत गुमाएका छन्।

त्यसअघि युक्रेनसम्बन्धी एक अलग कार्यक्रममा बिहीबार नै उनले युक्रेनका राष्ट्रपतिलाई ‘प्रेसिडेन्ट पुटिन’ भनेका थिए।

जबकि, प्रेसिडेन्ट पुटिन युक्रेनका राष्ट्रपति नभएर रुसका राष्ट्रपतिको नाम भ्लादिमिर पुटिन हो। जेलेन्स्कीलाई त्यसो भनेलगत्तै बाइडेनले सच्याउने प्रयास गरेका थिए।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका बाइडेनको स्वास्थ्यबारे डेमोक्र्याट सदस्यहरूमा चिन्ता बढ्दै गएको छ। पत्रकार सम्मेलनपछि डेमोक्र्याट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन्।

यसअघि सभामुख न्यान्सी पेलोसी, डेमोक्र्याट फन्डरेजर र चर्चित हलिउड अभिनेता जर्ज क्लुनीले बाइडेनको स्वास्थ्यबारे प्रश्न उठाएका थिए। यस बाहेक भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले वाशिंगटन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई ‘देशको हितमा उम्मेदवारी त्याग्न’ अपील गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर