नेभिगेसन मेनु

इजरायली आक्रमणमा परी हमासका वरिष्ठ कमान्डरसहित ३८ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-23 12:22

1717723182_gaza-1200x560

इजरायली आक्रमण्मा परी थप ३८ जनाको मृत्यु भएको छ। हमास सञ्चालित स्वास्थ्य विभागका अनुसार शनिवार इजरायलले गरेको दुई हवाई आक्रमणमा परी हमासका एक वरिष्ट कमान्डरसहित ३८ जनाको मृत्यु भएको हो।

बीबीसीका अनुसार इजरायली सेना (आईडीएफ) ले हमासको सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गरेको बताएको छ। जसमा हमासको वरिष्ठ सदस्य एवं अल जमाल अल इस्लामियाका सदस्य मारिएको इजरायली सेनाले दावी गरेको छ।

हमासले पछिल्लो समय गाजाको दक्षिणी क्षेत्रमा रहेको शरणार्थी शिविरलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ। उक्त आक्रमणको क्रममा दैनिक ३० देखि ५० जनाको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाउँदै आएका छन्।

हमासले उत्तरी इजरायलमाथि गत वर्षको अक्टुबर ७ मा आक्रमण गरेपछि इजरायलले त्यसको जवाफी कारबाही गर्दै आएको छ। जमास हालसम्म ३८ हजारभन्दा बढी मारिएका छन्। जसमा सबैभन्दा धेरै महिला र बालबालिका रहेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर