नेभिगेसन मेनु

ब्रान्डिङ गरिँदै लहानको आँप
सम्पादक:南亚网络电视
समय:2024-06-09 11:42

lahanko-aap-branding-garer-bahir-pathaune.newsphotocapsion

जेठ २६ गते । आँपको राजधानी मानिएको लहानको मालदह आँप ब्रान्डिङ गरेर काठमाडौं पठाउने तयारी भएको कृषि शाखा लहानले जनाएको छ । 

गत वर्ष ३० मेट्रिक टन आँप लहानबाट ब्रान्डिङ गरी काठमाडौं पठाएको कृषि शाखाका संयोजक लहान वडा –१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार यस वर्ष व्यवस्थित रुपमा ब्रान्डिङ गर्न सरस्वती कृषि फर्मसँग सम्झौता भएर आँपलाई सफा गरी लोगो लगाएर काठमाडौं पठाउन तायारी गरिएको थियो ।  

असारको पहिलो दोस्रो सप्ताहदेखि मालदह आँप बजारमा आउन थाल्ने भएकाले समयमा नै आँप सङ्कलन गरी पठाउन तयारीलाई तीब्रता दिइएको उहाँले जानकारी दिँदै भन्नुभयो, ‘यस वर्ष सुरुदेखि नै आँपको पकेट क्षेत्र रहेको लहान वडा न्म्बर १२, १३, १४, १५, २३, १५, १८, १९ र २४ नम्बर वडामा आँप खेती गरेका किसानलाई औषधीदेखि प्राविधिक सहयोग समेत गरिएको छ ।’

मालदह आँपलाई मात्र होइन, स्थानीय प्रजातिका आधा दर्जन आँपहरुको सहज विक्री वितरण गर्न व्यवस्था मिलाइ दिएको भए आँप खेती गरिरहेका किसानलाई सहज हुने लहान –२४ का किसान रामपुजन यादवले बताउनुभयो । 

लहान नगरपालिका कृषि शाखाले आँपको ब्रान्डिङ गरेर मालदह आँप बाहिर पठाउन थालेपछि उत्तरी भेगमा मालहद आँप लगाउने किसान उत्साहित देखिएको र यस वर्ष पनि अनुदानमा मालदह आँपको विरुवा लगेर अाँप खेती विस्तार गरिएको कृषि शाखा लहानका प्रमुख प्रकाशकुमार साह हलुवाइले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर