नेभिगेसन मेनु

ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित
सम्पादक:南亚网络电视
समय:2024-05-20 11:51

malpot-

धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ । जनकपुरधामबाट भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ स्रेस्ता लगायतका आवश्यक कागजात ढल्केबर ल्याएपछि यहाँका कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ । 

ढल्केबरमा छ महिना अगाडि मालपोत कार्यालयको स्थापना भएको भएपनि भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरले आवश्यक कागजात उपलब्ध नगराउँदा यहाँको कार्यालय सञ्चालनमा आउने नआउने विषयमा अन्यौलता बढेको थियो । 

मालपोत कार्यालय ढल्केबरका प्रमुख अर्जुनकुमार मण्डलले भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरले मोठ स्रेस्तालगायतका आवश्यक कागजात आइतबार उपलब्ध गराएको बताउनुभयो । आवश्यक कागजात उपलब्ध भएपछि यहाँको कार्यालय सञ्चालनमा आउने निश्चित भएको उहाँले जानकारी दिनुभयो । 

कार्यालय प्रमुख मण्डलले कागजातहरू आइपुगेको बताउँदै सम्भवतः आगामी साताबाट सेवा सुचारु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "कागजातहरू व्यवस्थित गर्दैछौं । सम्भवतः एक साताको समय लाग्छ त्यतिजेञ्लसम्म सेवा बन्द रहन्छ । सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गर्छौँ ।" उहाँका अनुसार मालपोत र नापी कार्यालय ढल्केवरमा साबिकका गाविसहरू ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका मोठ स्रेस्ताहरू ल्याइएको छ ।

२०७२ असोज १४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७३ माघमा यहाँ नापी कार्यालय स्थापना गरिएपनि मालपोत कार्यालय स्थापना हुन सकेको थिएन । सोही कारण नापी कार्यालय स्थापना भएको सात वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुनसकेको थिएन । करिब छ महिनाअघि ढल्केबरमा मालपोत कार्यालयको स्थापना भएसँगै सञ्चालनमा ल्याउनका लागि प्रयास सुरु भएको थियो । 

मालपोत कार्यालयको स्थापना गर्न तथा मालपोत र नापी कार्यालयको मोठ स्रेस्ता ल्याउन मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको विशेष सक्रियता रहेको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर