काठमाडौं महानगरले वडा नम्बर १३, १७, १८, २१, २७ र २५ का गल्ली तथा दमकल नछिर्ने सडकमा पाइप जडान गरिसकेको छ । ड्राइराइजर पाइप खनेर भित्री गल्लीमा पुर्याइएको छ भने ठाउँ–ठाउँमा दमकलको पानी पठाउने पाइप जडानका लागि आउटलेट राखिएको छ । करिब ३० मिटरको अन्तरमा आउटलेट राखिएको छ । जहाँ आगलागी भएको छ त्यहीँको आउटलेटमा थप पाइप जडान गरेर नियन्त्रण गर्न सकिनेछ । महानगरले वडा नम्बर ३, ६, ७ र १६ मा पनि यस प्रकारको पाइप जडान गर्दै छ । जहाँजहाँ दमकल छिर्दैन ती सबै गल्लीमा पाइप जडान गरेर राखिनेछ । जसमा दमकलको पानी पाइपमार्फत भित्री गल्लीमा पठाउन सकिनेछ ।
ललितपुर महानगरले पनि एक वर्षअघिदेखि भित्री गल्ली तथा बस्तीमा हुने आगलागी नियन्त्रणका लागि दमकलबाहेक वैकल्पिक उपकरण प्रयोगमा ल्याएको छ । महानगरपालिकाले साँघुरा गल्लीमा पनि छिर्ने फायर बाइक सञ्चालनमा ल्याएको छ । त्यस्तै, मुख्य सडकबाट करिब पाँच सय मिटरभित्रसम्मको आगो निभाउन मिल्ने पाइप पनि महानगरपालिकाले खरिद गरेको छ । सो पाइप दमकलसँगै पठाइन्छ । ललितपुर महानगरपालिकाभित्र सबैभन्दा बढी पाटन क्षेत्रका सडक साँघुरा छन् भने बस्ती पनि घना छ ।
काठमाडौं उपत्यकाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने गरेको छ । दुई वर्षअघि ललितपुरको पाटनस्थित एक घरमा आगलागी हुँदा दमकल छिर्न नसकेपछि ठूलो धनजनको क्षति भएको थियो । सहरमा भित्री गल्लीहरूमा आगलागी वा अन्य विपद् पर्दा यस्ता चुनौतिसँग जुध्नेगरी यहाँका स्थानीय तहले जुक्ति निकालेका छन् ।
काठमाडौं र ललितपुर महानगरपालिकाले परम्परागत रुपमा बनेका घर र वस्ती छिर्ने साघुरा गल्लीहरूमा दमकलको पहुँच पुर्याउन ड्राईराइजर पाइप जडान गरेको छ । जसको प्रयोग गरेर भित्री तथा दमकल छिर्न नसक्ने गल्लीहरूमा आगोलागी भए नियन्त्रण गर्न सकिन्छ । महानगरपालिकाले परम्परात बाक्लो वस्ती र ती वस्तीहरूमा छिर्ने साघुरा गल्लीमा धमामध ड्राईराइजर जडान गरिरहेका छन् । जसका कारण अब साघुरा गल्लीहरूमा आगलागीका घटना हुँदा नियन्त्रणमा सहज हुने उनीहरूको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले वडा नम्बर १३, १७, १८, २१, २७ र २५ का गल्ली तथा दमकल नछिर्ने सडकमा पाइप जडान गरिसकेको छ । विप्द व्यवस्थापन विभाग बारुणयन्त्र महाशाखा प्रमुख विष्णुप्रसाद जोशीका अनुसार केहि महिनादेखि भित्री गल्लीहरूमा ड्राईराइजर पाइप जडान भइरहेको छ । ‘सहरी क्षेत्रका भित्री गल्लीहरूमा हुने विपत्जन्य घटना नियन्त्रणको लागि ड्राईराइजर जडान गरेका छौं,’ उनले भने, ‘यसले अग्नी नियन्त्रणमा ठूलो सहयोग गर्ने विश्वास छ ।’ उनका अनुसार ड्राईराइजर पाइप खनेर भित्री गल्लीहरूमा पुर्याइएको छ भने ठाउँ ठाउँमा दमकलको पानी पठाउने पाइप जडानको लागि आउटलेट राखिएको छ । करिब ३० मिटरको अन्तरमा आउटलेटहरू राखिएको छ । जहाँ आगलागी भएको छ त्यहीको आउटलेटमा थप पाइप जडान गरेर नियन्त्रण गर्न सकिनेछ । महानगरले वडा नम्बर ३, ६, ७ र १६ मा पनि यस प्रकारको पाइप जडान गर्दैछ । जहाँजहाँ दमकल छिर्दैन ती सबै गल्लीमा पाइप जडान गरेर राखिने छ । जसमा दमकलको पानी पाइपमार्फत भित्री गल्लीहरू पठाउन सकिने छ । यस प्रकारको पाइपलाइन प्रणाली विकसित देशका घना बस्ती तथा सहरहरूमा पनि भुमिगत गरेर राखिन्छ ।
यस्तै ललितपुर महानगरपालिकाले पनि एक वर्षअघिदेखि भित्री गल्ली तथा वस्तीहरूमा हुने आगलागी नियन्त्रणको लागि दमकलबाहेक बैकल्पिक उपकरण प्रयोगमा ल्याएको छ । महानगरपालिकाले साघुँरा गल्लीहरूमा पनि छिर्ने फायर बाइक सञ्चालनमा ल्याएको छ । त्यस्तै मुख्य सडकबाट करिब ५ सय मिटरभित्रसम्मको आगो निभाउन मिल्ने पाइप पनि महानगरपालिकाले खरिद गरेको छ । सो पाइप दमकलसँगै पठाइन्छ । ललितपुर महानगरपालिकाभित्र सबैभन्दा बढी पाटन क्षेत्रका सडक साघुँरा छन् भने बस्ती पनि घना छ । ‘ललितपुर महानरगपालिकाभित्र आगलागी तथा विपद्जन्य घटना हुँदा नियन्त्रणको लागि स्रोत साधनको पर्याप्तता छ,’ महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘भित्री गल्लीहरूमा हुने आगलागी नियन्त्रणमा फायर बाइक र पाइप प्रयोग गर्छौं ।’
यसले कसरी काम गर्छ ?
अग्नी नियन्त्रक किशोरकुमार भट्टराईका अनुसार यसरी भित्री गल्लीमा पाइपबाट दमकलको पानी पठाउने गरी तयार पारेको संरचनालाई ‘ड्राईराइजर’ भनिन्छ । यसलाई सामान्य भाषामा पाइपलाइन भनेर बुझ्दा पनि हुन्छ । तर दकमलको पानी निकै फोर्सले आउने भएकोले यो पाइप अन्य पाइपभन्दा बाक्लो हुन्छ भने आउटलेटहरू पनि बलिया हुन्छन् ।
यसरी तयारी अवस्थामा राखिएको पाइपमा दमकलको पाइपको मुख (होज) जोडिन्छ । त्यसपछि मात्रै ‘फायर फाइटिङ’ गरिन्छ । यस प्रकारको पाइपलाइन जडान गर्दा धेरै खर्चिलो नहुने भएकोले सहरी क्षेत्रमा प्रभावकारी हुने अग्नी नियन्त्रक भट्टराईको भनाइ छ । ‘भित्री गल्लीहरूमा दमकल तथा पानीको पहुँच पुर्याउन यसप्रकारको पाइप जडान गरिन्छ, पाइपको ठाउँठाउँमा आउटलेट राखिएको हुन्छ,’ उनले भने, ‘त्यसमा दमकलको पाइपको मुख जोडर पानी भित्री गल्लीको पाइपमा पठाइन्छ । त्यसपछि फायर फाइटिङ गरिन्छ ।’ उनका अनुसार परम्परागत तथा घना वस्ती भएको क्षेत्रमा यसरी पाइपलाइन जडान गरेर राख्दा अग्नी नियन्त्रणमा सहज हुन्छ ।