नेभिगेसन मेनु

सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना
सम्पादक:南亚网络电视
समय:2024-05-05 19:10

K-culture-2

काठमाडौँ, वैशाख २३ गते । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित सो कार्यक्रममा विश्वमा ख्याति कमाएका ३० जना कोरियाली कलाकारले विशेष प्रस्तुति दिएका थिए । साराङहेयोको नेपाली अर्थ ‘माया गर्छु’ हो ।

सो अवसरमा कोरियाका कलाकारहरू के टाईगर्सको तेक्वान्दो नृत्य समावेश भएको कला, ग्याम्बल्जक्र्युको बि बोई नृत्य तथा नेपाली कलाकार स्ट्रउक्पपको सङ्गीतबाट दर्शकहरूलाई भरपुर मनोरञ्जन पाएका थिए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्णजयन्तीको सम्मान गर्दै विगतदेखि कोरिया सरकाले नेपालप्रति देखाएको भाइचारा सम्बन्धलाई भविष्यमा पनि थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले दुई देशबिचको कूटनीतिक सम्बन्धको ५० वर्षमा विकसित सम्बन्धलाई आगामी दिनमा पनि अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै नेपाललाई माया गर्छु, कोरियालाई माया गर्छु र हामी साथै जाऊँ भन्ने उद्घोष गर्नुभयो ।

कोरिया सरकारले विगतदेखि नै नेपालका विभिन्न क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको छ । सन् १९७४ मे १५ तारिखका दिन नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्वर्णजयन्तीका अवसरमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको दूतावासले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर