नेभिगेसन मेनु

वर्षापछि मधेशका आगलागी प्रभावितको बिजोग, घर बनाइदिने मुख्यमन्त्रीको घोषणा बोलीमै सीमित
सम्पादक:南亚网络电视
समय:2024-05-09 12:45

tarai-madhesh-fire-barsa

जनकपुरधाम । मंगलवार साँझ भएको वर्षाले मधेशका आगलागी पीडित परिवारहरूलाई बिजोग पारेको छ । हावाहुरीले त्रिपाल उडायो, वर्षाले राहतमा पाएको अन्नपात पनि भिजाए । कैयौँ पीडितहरू भोकभोकै रात बिताए ।

वैशाख १२ मा महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको थियो । आगोले १०३ परिवारको करिब डेढ सय घर र धनमाल सबै खरानी बनायो । आगलागी पीडित प्रायः सबै सुकुम्वासी छन् । उनीहरू गुठीको जग्गामा फुसको घर बनाएर जीविकोपार्जन गर्दै आएका थिए ।

यस्तै वैशाख १८ मा सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा भीषण आगलागी भयो । त्यहाँका पनि सयौं परिवारका २ सय बढी घर जललिरहेका छन् । पीडितहरू दलित र मुस्लिम समुदायका छन् ।

वैशाख महिनामा मात्रै जरलहवा बस्ती र चिम्टी बाहेक दर्जनौँ गाउँका सयौँ घरपरिवार आगलागीले प्रभावित छन् । पीडितहरू अहिले त्रिपालमा बस्दै आएका छन् । आगोले उनीहरूको सर्वस्व त गुमेकै थियो, मंगलवारको हावाहुरी र वर्षाले उनीहरूलाई थप पीडा दिएको छ ।

आगलागी पीडितहरू अहिले घर न घाटको बनेको छ । हावाहुरी र वर्षापछि बुधवार मटिहानीका मेयर हरिप्रसाद मण्डलले आगलागी प्रभावित बस्ती पुगेर पीडितहरूको अवस्थाबारे जानकारी लिए । उनी भन्छन्, ‘आगोले पीडा दिएकै थियो । हावाहुरी र वर्षाले पीडामाथि पीडा थपिदियो । पीडितहरूको जनजीवन थप प्रभावित बनाएको छ ।’

अहिले तराई/मधेशमा अत्यधिक गर्मी हुन्छ । घरमा त बस्न मुस्किल पर्छ । तर आगलागी पीडितहरू त्रिपालमा बसिरहेका छन् । गर्मीको कारण खास गरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य नै जोखिममा परेको मेयर मण्डल बताउँछन् ।

उनले आगलागी पीडितका लागि मुख्य समस्या घरकै भएको बताए । उनले भने, ‘त्रिपाल त तत्कालका लागि हो । दीर्घकालीन समाधान त होइन ! यहाँ तत्कालै स्थायी संरचनाको आवश्यकता छ ।’

प्रदेश र संघीय सरकारबाट अहिलेसम्म पीडितहरू कुनै खालको राहत नपाएको मेयर मण्डलले गुनासो गरे । उनले भने, ‘मुख्यमन्त्री जी आउनु भएको थियो । आगलागी स्थल र पीडितहरूको अवस्था हेर्नुभयो । उहाँले तत्कालै राहत प्याकेजको आश्वासन दिनुभयो । तर त्यसबारे के भयो ? अहिलेसम्म कुनै जानकारी छैन ।’

पीडितहरूको स्थायी संरचनाका लागि प्रदेश र संघले केहि गर्छ भनेर प्रतीक्षामा बसेको मेयर मण्डलले बताए । संघीय सरकारले पीडित परिवारलाई ५०/५० हजार सहयोग गर्ने कुरा सुनेको तर औपचारिक जानकारी नगराएको उनको भनाई छ ।

जरलहवा बस्ती गुठीको जग्गामा बसेको छ । आगलागी प्रभावितको आफ्नै जग्गा छैन । त्यसैले सरकारले आवास बनाउन कानूनी जटिलता छ । मेयर मण्डलले भने, ‘गुठी जग्गामा त सरकारले कसैको नीजि आवास बनाउन मिल्दैन । त्यसैले घर बनाउन लाग्न खर्च जति सरकारले अनुदानको व्यवस्था गरिए मात्र सम्भव छ ।’

मुख्यमन्त्रीको घोषणा बोलीमै सीमित

मुख्यमन्त्री सरोज कुमार यादवले आगलागीको तीन दिनपछि वैशाख १५ मा जरलहवा बस्ती र वैशाख २१ मा चिम्टीका आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । उनले जरलहवा बस्तीका आगलागी पीडितसँग राहत प्याकेज दिने र चिम्टीका आगलागी पीडितसँग आवास (घर) बनाइदिने आश्वासन दिए, घोषणा गरे ।

तर आगलागी क्षेत्रबाट मधेश भवन फर्केका मुख्यमन्त्री यादव घोषणा बाटोमै बिर्सिए । अहिलेसम्म मन्त्रिपरिषदबाट आगलागी प्रभावितलाई गर्ने सहयोगबारे कुनै औपचारिक निर्णय गर्न सकेका छैन । सरकारको मुख ताकेर बसेका आगलागी प्रभावित परिवारको समस्या झन बढ्दै गएको छ ।

मुख्यमन्त्री यादव आगलागी पीडितको समस्याको सम्बोधन गर्नुको साटो मंगलवार काठमाडौं लागे । उनी आबद्ध जसपा नेपाल विभाजन भएपछि आवश्यक रणनीति बनाउन र समीक्षा गर्न काठमाडौं पुगेका बुझिएको छ । उनीसँग सम्पर्क गर्न खोज्दा हुन सकेन ।

भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले आगलागी प्रभावितसँग मुख्यमन्त्रीले राहत प्याकेज र आवासको प्रतिबद्धता जनाएको विषयमा थाहा नभएको बताए । उनले भने, ‘मुख्यमन्त्रीले के घोषणा गरेको हो, मलाई थाहा भएन । उहाँसँगै सोध्नुस् ।’

उनले यो बीचमा मन्त्रिपरिषद्को बैठक नबसेको र आवास वा राहत प्याकेज विषयमा मुख्यमन्त्रीले छलफल पनि नगरेको सुनाए । उनले भने, ‘पीडितलाई राहत दिनेबारे एउटा कार्यविधि बनेको छ । त्यो अनुसार राहत दिने तयारी मात्र भइरहेको छ ‌।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर