नेभिगेसन मेनु

झगडियालाई चौतारी, थुनुवालाई पुस्तक
सम्पादक:南亚网络电视
समय:2024-05-08 12:20

jhagadiya

वैशाख २६ गते । स्थानीयस्तरमा हुने विवाद तथा झै झगडा साम्य पार्न जिल्ला प्रहरी कार्यालयले मेलमिलाप चौतारी सञ्चालनमा ल्याएको छ । स्थानीय तहको न्यायिक समितिमा मेलमिलाप गराइने प्रकृतिका मुद्दा लिएर सर्वसाधारण प्रहरी कार्यालयमै उजुरी दिन आउन थालेपछि प्रहरीले मेलमिलाप चौतारी सञ्चालनमा ल्याएको हो । 

इलाका प्रहरी कार्यालय पाटनको प्राङ्गणमा टुनीको रुखमुनि रातो माटोले पोतिएको भुइँमा काठका मुढा राखेर गोलाकारमा मेलमिलाप चौतारी निर्माण गरिएको छ । झगडिया तथा विवाद गर्ने पक्ष/प्रतिपक्षको मन पगाल्न मेलमिलाप चौतारी छेउछाउका ढुङ्गाको स्लेटमा विभिन्न उद्धरण तथा स्लोगन लेखिएका छन् । ‘झुटो बोलेर एकछिन अरूलाई ढाँट्न सकिएला तर आफ्नै अन्तरमनलाई ढाँट्न सकिँदैन’ जस्ता सन्देशले झगडियालाई मनौवैज्ञानिक रूपमा साँचो कुरा बोल्न दबाब पुग्ने प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रहरी चौकीमा आउनेबित्तिकै कुटाइ खानुपर्ने हो कि ? भन्ने सर्वसाधारणमा मनोवैज्ञानिक त्रास हुन्छ । अहिलेको प्रहरी त्यस्तो छैन । मानव अधिकारको रक्षा गर्ने कुरालाई ध्यान दिएका हुन्छौँ । त्यसैले झगडा र सामान्य कुटपिटका मुद्दा लिएर आउनेलाई पहिले ढुङ्गामा लेखिएका सन्देश पढ्न लगाउँछौँ ।” ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ जस्ता उद्धरणले सर्वसाधारण र प्रहरी दुवैको मनोवल बढाएको उहाँले दाबी गर्नुभयो । झगडियालाई केही मिनेट प्रहरी चौकीभित्र लेखिएका विभिन्न सन्देश पढाउँदै घुमाएपछि बल्ल मेलमिलाप चौतारीमा बस्न लगाइने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख दोस्रो हप्तासम्म फूलको गमला चोरेको, बाटोमा हिँड्दा युवाबिच झगडा भएको, मोटरसाइकल ठोक्किएका जस्ता ६७ वटा झैझगडासम्बन्धी मुद्दाको मेलमिलाप गराएर पठाइएको प्रहरीले जनाएको छ । 

त्यसै गरी श्रीमान्ले कुटपिट गरेको, नागरिकता बनाउन आनाकानी गरेकोे, सासूले खाना नदिएका जस्ता घरेलु हिंसाका घटना पनि ठाडो उजुरीका मुद्दा पनि मिलाएर पठाइएको प्रहरी कार्यालयले जनाएको छ । हालसम्म महिलासम्बन्धी ५९ वटा ठाडो उजुरी निवेदन परेकोमा २३ वटा मेलमिलाप गराएको, ३४ वटा मुद्दामा नसिहत दिएको र दुई वटा मुद्दा अदालतमा दर्ता भएका छन् । 

गम्भीर प्रकृतिका मुद्दामा कानुनी उपचार

यस जिल्लाको पाँच वटा स्थानीय तहका मुद्दा हेर्ने अधिकार पाएको इलाका प्रहरी कार्यालय पाटनमा चालु आवमा सवारी ज्यान, जबरजस्ती करणी, ज्यानसम्बन्धी गरेर गम्भीर प्रकृतिका ६० वटा मुद्दामाथि अनुसन्धान भई अदालतमा पेस भएका छन् । इलाका प्रहरी कार्यालयले थोरै जनशक्तिका बाबजुद पनि ठुलो भूगोल र यतिको जनसङ्ख्याको शान्तिसुरक्षा गर्नुपर्दा यातायात र भौगोलिक कठिनाइ भोग्नु परेको बताइएको छ ।  

हिरासतमा पुस्तकालय  

इलाका प्रहरी कार्यालय पाटनले गम्भीर प्रकृतिका अपराधमा मुद्दा दर्ता भएर अनुसन्धानका व्रmममा थुनामा रहेका व्यक्तिका लागि थुनुवा कक्ष (प्रहरी हिरासत) भित्र पुस्तकालय स्थापना गरेको छ । पुस्तकालयमा आमा उपन्यास, महाभारत, बा–आमा, गौतमबुद्ध, कम्पन्न, गोप्य जीवन जस्ता पुस्तक राखिएको प्रहरी निरीक्षक ठकुराठीले जानकारी दिनुभयो । पुस्तक पढ्न नसक्नेका लागि थुनुवा कक्षको पुस्तकालयमा रेडियो पनि राखिएको छ ।

प्रहरी कार्यालयभित्र बाल उद्यान

घरायसी झगडामा आमाबुवाबिच कुटपिट हुँदा आमासँगै बालबालिका निराश भएर प्रहरी कार्यालयमा आउने गरेका छन् । पीडित महिला बालबच्चा बोकेर प्रहरी चौकीमा आउँदा बाल मनोविज्ञानमा असर परेकाले प्रहरी कार्यालयभित्र बाल उद्यान निर्माण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर