नेभिगेसन मेनु

तीन हजारभन्दा बढी पशुको गर्भाधान
सम्पादक:南亚网络电视
समय:2024-05-07 13:05

Cow-Farm

वैशाख २५ गते  । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका १० जिल्लामा तीन हजार ३५६ पशुको गर्भाधान गरिएको छ । 

पशुपन्छी विकास निर्देशनालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा निर्देशनालयका डा. सोविना मल्लले कार्यपत्र प्रस्तुत गर्दै कर्णाली प्रदेशमा कृत्रिम गर्भाधानको अवस्था र सम्भावनाबारे अभिमुखीकरण गराउनुभएको थियो । मल्लले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३८ स्थानीय तहमा कृत्रिम गर्भाधान भएको भए पनि ४१ पालिकामा कृत्रिम गर्भाधान कार्य सुरु नै नभएको बताउनुभयो । 

उहाँले दक्ष जनशक्तिको अभाव, कृषकस्तरमा प्रचारप्रसारको कमीलगायतका कारण सो काम सुरु हुन नसकेको जानकारी दिनुभयो । कार्यशालामा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक जितेन्द्र श्रेष्ठ र डा. राकेश प्रजापतिले प्रजनन अङ्गका विकृति पहिचान र उपचारका विधिहरूबारे सहभागीलाई जानकारी दिनुभयो । 

निर्देशनालयका निर्देशक कृष्णप्रसाद पङ्गेनीले कृत्रिम गर्भाधान कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले कृत्रिम गर्भाधान गर्दा स्थानीय गाईमा दुध बढ्ने र गाईले जन्माएको बाच्छाबाच्छी उन्नत जातका हुने, थोरै वीर्यबाट धेरै गाईलाई प्रजनन गराउन सकिने, बहर लाग्ने र सरुवा रोगबाट बच्न सकिने जस्ता विभिन्न फाइदाबारे जानकारी दिनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर