नेभिगेसन मेनु

काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु
सम्पादक:南亚网络电视
समय:2025-09-09 12:20

 

 ring-0992025042847-1000x0

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताएका छन् ।

चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।

ललितपुर प्रशासनले जारी गर्‍यो कर्फ्यु आदेश ललितपुर प्रशासनले जारी गर्‍यो कर्फ्यु आदेश

कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर