नेभिगेसन मेनु

भूकम्पपीडितले पाएनन् पहिलो किस्ता
सम्पादक:南亚网络电视
समय:2024-04-18 11:41

bhukampa-pidit

वैशाख ६ गते । भूकम्प गएको छ महिना बित्दासमेत यहाँका भूकम्पपीडितले अस्थायी आवास निर्माणको पहिलो किस्ता नै पाउन सकेका छैनन् । कुल ४२ हजार ५२४ लाभग्राही रहेकोमा दोस्रो किस्ताका लागि २८ हजार ५५० जनाको मात्र नाम विपत् पोर्टलमा प्रविष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा सोमबारसम्मको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा पाँच हजार ५०३ भूकम्पपीडितको नाम विपत् पोर्टलमा प्रविष्ट गरिएको छ । नलगाड नगरपालिकामा आठ हजार ९७ लाभग्राही कायम गरिएकोमा दुई हजार ६८७ जनाको नाम मात्र विपत् पोर्टलमा प्रविष्ट गरिएको छ । 

छेडागाड नगरपालिकामा सात हजार ५१ जनाको प्रविष्ट गरिएको छ । बारेकोट गाउँपालिकामा पाँच हजार ९०, कुसे गाउँपालिकामा एक हजार ४४, जुनीचाँदे गाउँपालिकामा चार हजार १७४ र शिवालय गाउँपालिकामा तीन हजार एक भूकम्पपीडितको दोस्रो किस्ताका लागि विपत् पोर्टलमा प्रविष्ट गर्ने कार्य सकिएको छ ।  

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले कुल ४२ हजार ५२४ लाभग्राही रहेकोमा हालसम्म ३३ हजार ३६० अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । सरकारी सहयोगबाट ३१ हजार ३०६ र विभिन्न संस्थाबाट एक हजार ९५४ अस्थायी आवास निर्माण भएका छन् । अस्थायी आवास निर्माण गरेका भूकम्पपीडित दोस्रो किस्ताको पर्खाइमा रहँदा पोर्टलको काम सम्पन्न हुन नसक्दा दोस्रो किस्ताको पैसा जिल्ला विपत् व्यवस्थापन समितिको खातामा थन्किएको जनाइएको छ । भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले निर्माण गरिएका अस्थायी आवासको अनुगमनको काम सम्पन्न गरी विपत् पोर्टलमा प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले दोस्रो किस्ता वितरणका लागि जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति तयारी अवस्था बताउनुभयो । उहाँले स्थानीय तहबाट विपत् पोर्टलमा लाभग्राहीको विवरण प्रविष्ट गर्ने कार्य नभइसकेकाले दोस्रो किस्ता वितरणमा ढिलाइ भएको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर