नेभिगेसन मेनु

बजारको शौचालय सिधै कर्णाली र तीला नदीमा खसाल्दा दुर्गन्ध बढ्यो
सम्पादक:南亚网络电视
समय:2024-04-14 11:52

karnali-river-rafting-1024x687

कालिकोट जिल्लाका अधिकांश नदी किनारका बजारले नदीलाई दुर्गन्धित बनाई रहेका छन् । जिल्ला भएर बग्ने कर्णाली नदी र तिला नदी किनारमा बिस्तार भएका हाट बजारले नदीलाई दुर्गन्धित बनाई रहेका हुन । जिल्लाको तिल गुफा नगरपालिका वडा नं १ नाग्मा बजारले सबै भन्दा बढी तिला नदीलाई प्रभाव पारेको छ । 

बजारमा बनेका ठुलठुला घरमा सञ्चालन भएका होटेलका कारणले शाैचालय र नुहाएका लगायतका पानी सिधै नदीमा जाने भएकाले तीला नदी प्रदूषित  भइरहेको छ । बजारको ढललाई व्यवस्थापन तर्फ ध्यान नदिएका कारणले नदी फोहोर हुँदै गएको स्थानीयको चिन्ता छ । तर उनै स्थानीयले शाैचालयको सेप्टी घर नदी किनारमा बनाएका छन् । स्थानीय मायालाल महताराले नदी संरक्षणमा सरकारको मात्र जिम्मेवारी नभएर हामी स्थानीय नागरिकको पनि उतिकै रहने बताउनुभयो । 

तर के गर्नु सबैले सोच्ने मात्र हो, घर बेटीहरूले घर भाडामा दिएका छन् । घरको शाैचालयको निकास नदी बनाएका छन्, भाडामा बस्नेले त्यो नदी संरक्षणका लागि सोच्ने कुरा भएन । यसमा सरकार र जनता सबै सचेत भए मात्र नदीलाई दूषित हुनबाट रोक्न सकिने महताराको भनाई छ । नदी संरक्षण गर्ने भनेर विभिन्न गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेको छैन । तीला नदी दुर्गन्धित भएको विषयमा तिल गुफा नगर सरकारको गैरजिम्मेवार बन्दै आएकाे छ ।  

नगरप्रमुख शङ्कर प्रसाद उपाध्यायले बजार नदी किनारमा भएकाले माथि बजेरीचौरमा सेप्टीट्यांकी बनाउने प्रबिधि आफूसँग नभएको बताउनुभयो । उहाँले नदी किनारमा भए पनि पक्की सेप्टीट्यांकी भएकाले यही विषयमा सोधेर मेरो समय बर्वाद नगर्न जवाफ दिनुभयो । नगरप्रमुख उपाध्यायले बजार व्यवस्थापन समितिले पक्की सेप्टीट्यांकी बनाउन लगाएको प्रतिक्रिया दिनुभयो । 

समस्या नाग्म बजारसँगै अन्य बजारको पनि हो । तिल गुफा नगरपालिकाकै भिग्म बजार, खाँडाचक्र नगरपालिकाको सेरावाडा बजार, नरहरीनाथ गाउँपालिकाको लालीघाट बजार, रास्कोटको सान्नीघाट बजार, पचालझरना गाउँपालिकाको जारकोट लगायतका बजार क्षेत्रको ढल नदीमा जाने गरेको छ । नदी संरक्षणमा स्थानीय सरकारको कुनै पनि चासो छैन । नाग्म वजारका बारेमा बेला बेला कुरा चल्ने भएकाले केही रोकथामको उपाय गरेको दाबी भए पनि अन्य बजार क्षेत्रका बारेमा सरकार बेखबर छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर