नेभिगेसन मेनु

चिटिक्क भएर कम्मरकाे मादल बजाउदै मारुनी नाच
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-04 12:52

sdfwshn

माघ २१ गते । मगर समुदायको परम्परागत मौलिक पोसाकमा चिटिक्क सजिएर कम्मरमा मादल भिरेका साना साना बालबालिकाहरूले नृत्य प्रदर्शन गर्दै थिए । पाका पुस्ताले गीत गाउँदै र बालबालिकाहरूलाई नृत्य सिकाउँदै थिए । मादल बजाउनेलाई मादले र महिलाको भेषमा सजिएर नाच्नेलाई मारुनी भनिन्छ । 

म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ५ लोप्रेमा हालै आयोजना गरिएको ११ औँ लाटोकोसेरो तथा हुचिल उत्सवका अवसरमा  बालबालिकाहरू रमाइलो मान्दै मादले र मारुनीको पोसाकमा सजिएर नाच्दै गर्दा सर्वसाधरणहरुले पनि रुचिका साथ हेरेका थिए । कार्यक्रममा सहभागी हुन आएका अतिथिहरूले अचम्म मान्दै फोटो भिडियो खिच्न भिड लागेको थियो । 

मारुनी नृत्य प्रदर्शन गर्ने स्थानीय कुवा पानी स्थित गिद्देश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन । उनीहरूले विद्यालयमा नै मारुनी नृत्य  सिकेका हुन ।  पछिल्लो पुस्तामा मगर समुदायको मौलिक कला संस्कृति हराउँदै जान थालेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पुर्ख्यौली नाचहरू सिकाउन थालिएको छ ।

जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रममा मौलिक कला संस्कृतिलाई पनि समावेश गरेपछि विद्यालयले मगर समुदायका बालबालिकाहरूलाई मारुनी नाच सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक राजकुमारी पुनले बताउनुभयो । मगर समुदायका दश जना बालबालिकाले मारुनी नाच सिक्दै आएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हाम्रो पहिचानका रूपमा रहेको मारुनी नाच समाजबाट हराउँदै जान थालेको छ । यसको संरक्षण र युवापुस्तामा सीप हस्तान्तरणका लागि विद्यालयमा मारुनी नाच सिकाउन थालेका छौँ ।’’ कुवा पानी पुर्ख्यौली समूहमा आबद्ध भएका पाका पुस्ताले विद्यालयमा पुगेर बालबालिकाहरूलाई मारुनी नाच सिकाउँछन् । मारुनी नाचको संरक्षण र पुस्तान्तरणमा सहयोग पुर्याउन कुवा पानीमा बाल पुर्ख्यौली समूह नै गठन गरिएको  छ । 

पछिल्लो समय युवापुस्तामा आधुनिक संस्कृतिको प्रभावका कारण हाम्रो मौलिक संस्कृति हराउन थालेकाले यसको संरक्षण र जगेर्ना गर्न बालबालिकाहरूलाई मारुनी नाच र मौलिक कला संस्कृति सिकाउन थालिएको कुवा पानी पुर्ख्यौली समूहका उपाध्यक्ष समसेर पाइजाले बताउनुभयो । 

बालबालिकाहरूले निकै रुचिका साथ सिक्ने गर्दछन् उहाँले भन्नुभयो, ‘‘म विद्यालयमा पुगेर नाच्न र मादल बजाउन सिकाउने गरेको छु । रमाइलो मानेर बालबालिकाहरू नाच्ने गर्दछन् । बालबालिकाहरूमा मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्दछ भन्ने भावना जागृत भएको छ ।’’ बालबालिकाहरूले मारुनी नाच सिकेपछि गाउँमा हुने कार्यक्रमहरूमा मारुनी नाच प्रदर्शन गर्ने गरिएको उहाँले बताउनुभयो । 

मारुनी नाच अहिले मगर समुदायमा नै हराउन थालेपछि यसको संरक्षणमा बुढापाकाहरूले साना साना बालबालिकाहरूलाई सिकाउन थालेको कुवा पानी पुर्ख्यौली समूहका अध्यक्ष खिमबहादुर पाइजाले बताउनुभयो । कौरा, झाम्रे, मारुनी नाच मगरको विशेष नाच रहेकाले संरक्षण र  युवापुस्तामा सीप हस्तान्तरणका लागि पाका पुस्ता सक्रिय भएको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर