नेभिगेसन मेनु

अयोध्यामा रामको प्राणप्रतिष्ठा : जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
सम्पादक:南亚网络电视
समय:2024-01-23 16:46

ण

ढल्केवर, माघ ८ गते । भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष र हिन्दूवादी संगठनले सोमबार साँझ सवा लाख दीप बालेर दीपोत्सव मनाएको हो । 

त्यसलगायत जनकपुरधाम तथा ग्रामीण क्षेत्रको घरघरमा दीप तथा झिलिमिली बत्ती बालेर दीपावली मनाएको छ । हिन्दु धर्मावलम्बीहरूले जनकपुरधामलगायत मधेश प्रदेशको सबैजसो जिल्लाका विभिन्न ठाउँमा प्राणप्रतिष्ठाको अवसर पारेर मठमन्दिरमा दीपोत्सव मनाउनुका साथै आकर्षक ढङ्गले सजाइएको छ  । ठाउँठाउँमा जय श्रीरामको झन्डालगायत शोभायात्रा कारण गाउँटोल सुन्दर तथा मनमोहक देखिएका छन् । मठमन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तनसमेतको आयोजना गरिएको छ ।  

भगवान राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित भएको खुसीयालीमा सनातन धर्मावलम्बी धेरै नै हर्षित देखिएको छ । आयोध्या र नेपालबीच धार्मिक तथा साँस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले भगवान रामको प्राणप्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन गरी स्वागत गरिएको छ । 

लामो प्रतिक्षापछि अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा भएको खुसीयालीमो जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर