नेभिगेसन मेनु

मनाङमा निर्माण कार्य ठप्प
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-17 12:42

manang

पुस १ गते । पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएको मनाङमा अत्यधिक चिसो तथा तापक्रम माइनस हुँदा पर्यटक देखिनै छाडेका छन् । अरू महिनामा उल्लेख्य पर्यटक देखिए पनि डिसेम्बरमा भने फाट्टफुट्ट एक/दुई जना मात्रै देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । 

बढी चिसो तथा माइनस तापक्रमका कारण स्थानीय पशुपन्छीसहित तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको छ । नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३, कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ । प्रमुख भुजेलका अनुसार अक्टोबर महिनामा सबैभन्दा बढी पाँच हजार १९८ पर्यटक भित्रिएका थिए भने अहिले डिसेम्बरमा भने फाट्टफुट्ट एक/दुई जना मात्रै देखिएका छन् । 

मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १० औँ उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् । अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् । 

चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रमुख जिल्ला अधिकारी सुवास लामिछानेले जानकारी दिनुभयो । चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य कार्य नगर्न अनुरोध गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताउनुभयो । 

चिसोकै कारण शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी छ । 

जिल्लाभर चार हजार ३९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रको तथ्याङ्कले देखाउँछ । फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर