नेभिगेसन मेनु

ककपिटमै पाइलटलाई चक्कु हान्ने सहपाइलटको पहिचान खुल्यो, आतंकवादी सम्बन्ध भेटियो
सम्पादक:南亚网络电视
समय:2026-10-03 15:43

flydubai_zAQgNbdPol

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । गत बुधबार (सेप्टेम्बर ३०) यूएईको दुबईबाट इजरायलको तेल अभिभ जाँदै गर्दा फ्लाई दुबईका क्याप्टेन भारतीय नागरिक स्मित मच्छरलाई चक्कुले हानेर घाइते बनाउने सहपाइलट ओमानी नागरिकबारे केही कुरा प्रकाशमा आएका छन्।

सीएनएनले स्रोतलाई उधृत गर्दै उल्लेख गरेअनुसार ती सहपाइलट ओमानका नागरिक हमाम अल-हमामी हुन्। साउदी सरकारी सञ्चारमाध्यमले पनि उनको पहिचान यही भनेको छ।

उनी संयुक्त अरब इमिरेट्स (यूएई) मा ओमानी बुबा र सिरियाली आमाका सन्तानका रूपमा जन्मिएका थिए। उनले जीवनका केही वर्ष यूएईमै बिताएका थिए।

हमाम अल-हमामीको नाममा रहेको लिंक्डइन प्रोफाइलमा उल्लेख भएअनुसार उनले ओमान एयरमा सात वर्ष काम गरे र फेब्रुअरी २०२५ मा त्यहाँबाट बाहिरिएस त्यसपछि जुन २०२५ मा रोयल एयर मारोकमा आबद्ध भए तर जनवरी २०२६ मा त्यहाँबाट पनि बाहिरिए। उक्त पेजमा फ्लाई दुबईको भने कुनै कुरा उल्लेख छैन।

सीएनएनले लेखेको छ, एक स्रोतले उक्त प्रोफाइल बुधबारको घटनामा संलग्न फ्लाई दुबईका सहपाइलटकै भएको पुष्टि गरेको छ। यद्यपि त्यसयता उक्त प्रोफाइल हटाइसकिएको छ।

त्यस क्षेत्रका एक कूटनीतिज्ञ रहेका दोस्रो स्रोतले सीएनएनलाई बताएअनुसार ती व्यक्तिलाई उनको अतिवादी (कट्टरपन्थी) सोचका कारण उडान तालिमबाट हटाइएको थियो र ओमानको राष्ट्रिय एयरलाइन्समा अर्को जिम्मेवारी दिइएको थियो।

एबीसी न्युजले पनि अधिकारीहरूलाई उधृत गर्दै २०२४ मा ओमान एयरका लागि सहपाइलट प्रशिक्षार्थीका रूपमा काम गर्दा हमाम अल-हमामीसँग अतिवादी सामग्री फेला परेको उल्लेख गरेको छ। तर पनि उनलाई एयरलाइन्समा प्रशासनिक भूमिकामा काम गर्न अनुमति दिइएको स्रोतले बताएको छ।

इजरायली अधिकारीले सीएनएनलाई बताएअनुसार अल-हमामीले फ्लाई दुबईुमा काम गरेको जम्मा आठ महिना मात्र भएको छ। अर्का एक स्रोतका अनुसार ती आक्रमणकारीले यसअघि रोयल एयर मारोकुमा काम गरेका थिए।

यद्यपि फ्लाई दुबई स्वयंले भने ती सहपाइलटका विषयमा अहिलेसम्म केही बताएको छैन। साथै उनको तस्बिर पनि सार्वजनिक गरिएको छैन।

गत बुधबार चालक दलबाहेक १७२ यात्रु लिएर यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानका को-पाइलटले पाइलट स्मित मच्छरलाई चक्कुले हानेपछि विमान साउदी अरबमा लगेर अवतरण गराइएको थियो।

घाइते स्मितलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारपछि उनी शुक्रबार यूएई फर्किसकेका छन्।

यात्रुसमेतको सहयोगमा पाइलट स्मितले विमानलाई दुर्घटनाबाट बचाएका थिए। अहिले उनको विश्वभर प्रशंसा भइरहेको छ।

यसैबिच शुक्रबार फ्लाई दुबईका क्याप्टेन स्मितले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यस दिनको त्रासदी सुनाएका छन्।

स्मितले मोदीसँग फोनमा भनेका छन्, ‘मलाई लाग्यो- यदि मैले उठेर कदम चालिनँ भने अवस्था झन् खराब हुनेछ। म १७ वर्षदेखि उडान गरिरहेको छु र पछिल्लो ११ वर्षदेखि क्याप्टेन छु। आँखा बन्द गर्दा पनि म विमानभित्र के भइरहेको छ भनेर देख्न सक्छु। जब म लडेँ, तब मलाई महसुस भइरहेको थियो, परिस्थिति झन् खराब हुँदै गइरहेको छ।’

क्याप्टेन स्मितका अनुसार अन्तिमसम्म प्रयास गरेर जब उनले ककपिटको ढोका खोले तब अरूले भित्र पस्न पाए। यस प्रयासमा अरूले पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।

उनले भने, ‘म आफ्नो ज्यान बचाउन सक्दो प्रयास गरिरहेको थिएँ, तर योसँगै मलाई लाग्यो- ती मानिसहरूलाई पनि मर्न दिन हुँदैन।’

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर