नेभिगेसन मेनु

सेयर बजारमा निराशाजनक साता, नेप्से २५८७ विन्दुमा बन्द
सम्पादक:南亚网络电视
समय:2026-10-03 16:07


dowm-Nepse

 

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । यो साता धितोपत्र बजारमा समग्रमा गिरावट देखिएको छ । साताको पाँच कारोबार दिनमध्ये चार दिन नेप्से परिसूचक घट्दा बिहीबार भने झिनो सुधार आएको थियो । सोमबार २६१३ दशमलव ३३ विन्दुमा रहेको नेप्से साताको अन्तिम कारोबार दिन शुक्रबार २५८७ दशमलव २५ विन्दुमा झर्यो । यसरी साताभर नेप्से ३७ दशमलव ५५ अंकले घटेको हो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६ दशमलव ४७ अंकले घटेर २६१३ दशमलव ३३ विन्दुमा पुगेको थियो । उक्त दिन सेन्सेटिभ परिसूचक १ दशमलव ३४ अंकले घटेर ४६७ दशमलव ६७ विन्दुमा पुगेको थियो ।

सोमबार एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका थिए । १३ उपसमूहमध्ये व्यापार समूह मात्रै बढ्दा बाँकी सबै उपसमूहमा गिरावट आएको थियो । ४९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको थियो भने ६ कम्पनी स्थिर रहे ।

मंगलबार पनि बजारमा गिरावट कायम रहेको थियो । उक्त दिन नेप्से ९ दशमलव ६२ अंकले घटेर २६०३ दशमलव ७१ विन्दुमा पुगेको थियो । सेन्सेटिभ परिसूचक १ दशमलव ०१ अंकले घटेर ४६६ दशमलव ६५ विन्दुमा सीमित भयो ।

यस दिन एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँभन्दा बढीमा किनबेच भए । निर्जीवन बिमा र अन्य समूह बढे पनि बाँकी ११ उपसमूह घटेका थिए । ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनी घटे र १० कम्पनी स्थिर रहे ।

बुधबार नेप्से २६०० विन्दुभन्दा तल आएको थियो । उक्त दिन नेप्सेमा ४ दशमलव ८२ अंकको गिरावट आउँदा परिसूचक २५९८ दशमलव ८९ विन्दुमा झर्यो । यस दिन ३५२ कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका थिए ।

सो दिन व्यापार समूह ३८ अंकले बढेको थियो भने जलविद्युत र म्युचुअल फन्ड समूहमा पनि सामान्य सुधार देखिएको थियो । अरु सबै उपसूचकमा भने गिरावट आएको थियो । सिन्धु विकास बैंकको सेयर मूल्य १४।३७ प्रतिशतले बढेर सर्वाधिक वृद्धि गर्ने कम्पनीमध्ये अगाडि रह्यो । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर ३९ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो ।

लगातार तीन दिनको गिरावटपछि बिहीबार बजारमा सामान्य सुधार देखियो । नेप्से ० दशमलव २६ अंकले बढेर २५९९ दशमलव १५ विन्दुमा पुगेको थियो ।

यस दिन एक करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका थिए । विकास बैंक, वाणिज्य बैंक, वित्त र जलविद्युत समूह बढे पनि अन्य उपसमूहमा गिरावट आयो ।

सिन्धु विकास बैंकको सेयर मूल्य १० दशमलव ११ प्रतिशतले बढेको थियो । कारोबार रकमका आधारमा सिद्धार्थ बैंक ३० करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित अगाडि रह्यो भने कारोबार संख्याका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रह्यो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा पुनः दोहोरो अंकको गिरावट आएर साताको बजार बन्द भयो । शुक्रबार नेप्से ११ दशमलव ९० अंकले घटेर २५८७ दशमलव २५ विन्दुमा पुगेको छ । यस दिन ३५६ कम्पनीका एक करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका छन् ।

१० दशमलव ७५ प्रतिशत एनएमबी डिभेञ्चर २०८९÷९० को इकाई मूल्य १४ दशमलव २६ प्रतिशतले बढेको थियो भने १० दशमलव ७५ प्रतिशत एसबीएल डिभेञ्चर २०८९ को इकाई मूल्य ८ दशमलव ८० प्रतिशतले बढेको थियो ।
अर्कोतर्फ सिन्धु विकास बैंकको सेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले घटेको थियो । धौलागिरी लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर र सर्वोत्तम पेन्टको सेयर मूल्यमा पनि गिरावट आएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर