नेभिगेसन मेनु

मादी नदीमा 'आर्क डिजाइन'काे पुल निर्माण सुरु
सम्पादक:南亚网络电视
समय:2023-12-07 16:25

ण

तनहुँ, मङ्सिर २१ गते । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडक खण्डको मादी नदीमा निर्माण गरिने पुलको फाउण्डेसनको काम सुरु भएको छ। तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३/५ जोड्ने मादी नदीमा पृथ्वीराजमार्गको सबैभन्दा लामो 'आर्क डिजाइन'को चार लेनको पुल निर्माण सुरु भएको हो । 

सडक विभागले डिजाइन स्वीकृत गरेकोले तीन वर्षभित्रै सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको आयोजनाका पूर्वी खण्डका प्रमुख श्याम यादवले बताउनुभयो । उक्त पुल एक अर्ब २१ करोड रुपियाँको लगानीमा बन्ने र पुलको छ वटा स्पान हुने आयोजनाले जनाएको छ । हाल दुई लेनको मादी पुल तीन सय ७० मिटर छ ।

८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो । अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाई ४१/४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाई ३९/५५ किलोमिटर छ । 

पूर्वी खण्डको म्याद आगामी २०८१ वैशाखसम्म छ । पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो । पश्चिमी खण्डको म्याद २०८१ भदौसम्म छ । यस खण्डको विस्तारका लागि २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 

पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने पश्चिम खण्डको निर्माण जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई दिइएको छ । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा दिइएको छ । एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ ।

यो सडकखण्ड चार लेनमा विस्तार भइसकेपछि सडक सीमा दुईतर्फी २५-२५ मिटर भएपनि बाक्लो घरबस्ती भएको ठाउँमा सडकको कुल चौडाइ ४१ मिटर हुनेछ । विस्तारपछि तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर तथा दुलेगौँडा, खैरेनीटार बजार, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटर हुने आयोजनाले जनाएको छ । पूर्वीखण्डमा हाल सम्म ४२ प्रतिशत पुरा भएको यादवले जानकारी दिनुभयो । पश्चिम खण्डको काम भने सुस्त छ । यस खण्डको हालसम्म ११ प्रतिशत काम पुरा भएकोले तीव्र रूपमा काम पुरा गर्न ताकेता गरिएको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर