वालिङ, मङ्सिर २४ गते । कालीगण्डकी नदी तथा आसपासका खोलामा प्राकृतिक रूपमा रहँदै आएका माछाको सन्तुलन कायम राख्न माछाका भुरा छाडिएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको ड्यामको मुख्य क्षेत्र आँधीमुहानमा दुई लाख ५० हजार माछाका भुरा छाडिएको हो । नदीमा सहर, कत्ले, गर्दी, ठडे, हाडे आदि प्रकारका माछाका भुरा छाडिएको जलविद्युत् केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिनुभयो ।