नेभिगेसन मेनु

भक्तपुरको जगातीमा सञ्चालित प्लास्टिक दाना कारखानामा आगलागी
सम्पादक:南亚网络电视
समय:2026-10-05 15:58

plastic-karkhana-fire-05102026051015-1000x0

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ ।

नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान ६ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । दमकल र स्थानीयको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।

आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएका छन् । साथै, कारखानासँग रहेको दिनेश मचामसीको यूपीभीसीबाट बनेको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । आगलागीको कारण भने खुलेको छैन ।

यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगलागी भएको क्षेत्रको निरीक्षण गरेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर