नेभिगेसन मेनु

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:46

Untitled-1 (4)

गण्डकी, भदौ १९ गते । पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामो समय भयो । पोखरा महानगरपालिका–९, पृथ्वीचोकस्थित हालको बसपार्कको दुरवस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्याए झैँ लाग्छ । 

पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ । बसपार्कका लागि २०३२ सालमा अधिग्रहण गरिएको जग्गा अतिव्रmमणमा परेर खुम्चिँदै गएको छ । अव्यवस्थित घरटहरा, फोहोरको दुर्गन्ध, बिजुलीका जीर्ण पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरूप बनाएका छन् । न व्यवस्थित टिकट काउन्टर छ न त बस राख्ने ट्र्याक नै राम्रो छ । किनारामा थन्काइएका थोत्रा बसले बसपार्कको बेहाल र लाजमर्दो स्थितिलाई दर्शाइरहेको छ । 

झन्डै आधा शताब्दी बित्न लाग्दासमेत बसपार्क बन्ने कुनै टुङ्गो छैन । पोखरा उपत्यका नगर विकास समितिले उहिल्यै देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र काम चलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ ? चित्तबुझ्दो जवाफ कसैसँग छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बसपार्कले पर्यटनको राजधानी सहर पोखराकै बदनाम गरेको बताउनुहुन्छ । उहाँले दुःखेसो पोख्नुभयो, “नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने पोखरामा स्तरीय बसपार्क बन्न नसक्नु दुर्भाग्य हो, बसपार्कको बेहाल देख्दा हामीलाई पनि पीडा हुन्छ । राजनीतिको दुश्चव्रmमा बसपार्क फस्यो, राज्यका निकायले पनि बसपार्क बनाउन इच्छाशक्ति देखाएनन् ।” अध्यक्ष केसीका अनुसार उक्त बसपार्क भएर दैनिक झन्डै तीन सय सवारीसाधन देशका विभिन्न गन्तव्यमा गुड्छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ । अध्यक्ष केसीले भन्नुभयो, “पोखरा एकातिर प्रदेशको राजधानी सहर हो, अर्कातिर पर्यटनको केन्द्र । बसपार्कसहित यहाँका सहरी पूर्वाधारले प्रदेशकै चिनारी दिइरहेको हुन्छ, अब पनि बसपार्क नबनाउने हो भने पोखराबाट राम्रो सन्देश जाँदैन ।” उहाँले बसपार्कमा ढलान, पार्किङ ट्र्याक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको बताउनुभयो । 

यातायात व्यवसायीले पटक पटक बसपार्क स्तरोन्नतिको माग गर्दै आए पनि पोखरा महानगर र प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको अध्यक्ष केसीले गुनासो गर्नुभयो । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउन्टर पनि बाहिरी सडकमा छन् । ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले पोखरा महानगरले पृथ्वीचोकदेखि चाइना पुलसम्म पार्किङ निषेध गरेपछि पछिल्लो समय बसपार्कबाटै गाडी छुट्न थालेको बताउनुभयो । हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रु बसपार्क छिर्नै नचाहने गरेको उहाँको भनाइ छ ।

पाठकले भन्नुभयो, “जहीँतहीँ हिलो र खाल्डाखुल्डी छन्, भित्र गएर उभिने ठाउँ पनि छैन, अझै पनि बाहिरबाटै यात्रु चढाउनुपर्ने बाध्यता गाडीलाई छ । पहिले सडकछेउमै बस रोक्ने, यात्रु चढाउने, झार्ने गर्दा पृथ्वीचोक क्षेत्र अस्तव्यस्त देखिने गथ्र्यो, अहिले केही कम भएको छ, बसपार्क बन्यो ट्राफिक व्यवस्थापन धेरै सहज हुन्छ ।” 

स्थानीय व्यवसायी कमल कुँवरले बसपार्क नबन्दा हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्नु परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष नाला बनाएर छाडेको छ, अरू केही काम भएको छैन, निर्माण अलपत्र पर्दा बसपार्क झन् लथालिङ्ग बनेको छ । दशकौँदेखि बसपार्क बेहाल अवस्थामा छ, चुनाव आउँदा नेताले बसपार्कको मुद्दा उठाउँछन्, अघिपछि कुरा सेलाउँछ, महानगरले पनि खासै चासो लिएको देखिन्न ।” भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बसपार्क निर्माणमा महानगरसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश राजधानीमा सुविधासम्पन्न बसपार्क नहुनु हामी सबैको विडम्बना हो, बसपार्क बनाउने विषयमा महानगरसँग मिलेर पहल थाल्छौँ ।”

पोखरा महानगरको यातायात व्यवस्था समितिका उपाध्यक्ष एवं वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बसपार्क सुधार र व्यवस्थापनको काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक बसपार्कका लागि जग्गाको समस्या छ । भएको जग्गामा तत्काललाई सामान्य पूर्वाधार र मर्मत सुधारको काम गर्दै छौँ । बसपार्क जाने सडक ढलान हुँदै छ, यात्रु प्रतीक्षालय पनि बन्दै छ ।” ग्राभेल बिच्छ्याएर हिलो र खाल्डाखुल्डी पुरिने वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

बसपार्क क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित ग्यारेज र टिकट काउन्टर पनि हटाउन थालिएको उहाँको भनाइ छ । वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “छोटो र लामो दुरीका बसका लागि अलग अलग ब्लक बनाउने तयारीमा छौँ, यात्रुका लागि पदैल मार्ग पनि बन्छ । अहिलेको तुलनामा बसपार्क केही व्यवस्थित बन्दै छ ।” सुरुमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिले बसपार्कका लागि करिब ६० रोपनी मात्र जग्गा बाँकी रहेको महानगरले जनाएको छ । बसपार्क बनाउने भनिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुमवासी परिवारको बसोबास छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर