नेभिगेसन मेनु

गरिबको आश्रय बन्यो स्वास्थ्य बिमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-21 16:07

Untitled-1 (1)

मार्तडी, भदौ ४ गते । बाजुराको बडीमालिका नगरपालिका–६, कोर्धका धनी थापा उमेरले ६५ वर्ष पुग्नुभयो। उमेर ओराली लागेसँगै उहाँलाई नियमित स्वास्थ्य जाँच गराइराख्नुपर्छ। पिसाब पोल्ने रोगले ग्रसित थापालाई महिनाको दुई पटक उपचारका लागि अस्पताल पुग्नैपर्ने बाध्यता छ।

नियमित चेकजाँच र औषधि किन्न मात्रै एक पटक कम्तीमा दुई हजार खर्च हुने गरेको छ। त्यो खर्च स्वास्थ्य बिमा र विपन्न परिवारको सुविधाबाटै व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभएको छ। बिमा कार्यक्रम लागु हुनुभन्दा अगाडि एक पटक उपचार गर्नका लागि १० हजार रुपियाँभन्दा बढी खर्च गर्नुपरेको उहाँले सुनाउनुभयो। तर अहिले सो कार्यक्रम लागु भइसकेपछि निःशुल्क उपचार हुने गरेको थापाले बताउनुभयो।

“अहिले बिमामार्फत उपचार गराउँदा पैसा नलाग्ने भएपछि निकै खुसी छु,” उहाँले भन्नुभयो, “जस्तोसुकै जटिल खालको समस्या भए पनि बिमामार्फत उपचार हुने भएकाले हामी गरिबको साथमा पनि सरकार रैछ भन्ने आभास भएको छ।”

बिमा सुविधाले थापा जस्तै गौमूल गाउँपालिका–१, अम्लिसकी रूपा विश्वकर्मालाई पनि सहज भएको छ। सधैँ औषधीकै सहारामा बाँचिरहेकी विकलाई स्वास्थ्य बिमाले अनुहारमा खुसी छाइदिएको छ।

बिरामी भइरहने उहाँले विपन्न परिवारको रातो कार्डका आधारमा स्वास्थ्य बिमा गराएकी छन्। त्यही बिमा सुविधाबाट बाजुरा अस्पतालमा आएर उपचार सेवा लिने गरेको उहाँ बताउनुहुन्छ। विकले भन्नुभयो, “स्वास्थ्य बिमा हुनुभन्दा अगाडि धेरै पैसा तिरेर औषधी किन्नुपर्ने बाध्यता थियो तर अहिले बिमा भएका कारण पुर्जी काट्नसमेत पैसा लाग्दैन।”

बाजुरा जिल्ला अस्पतालबाट अन्य ठाउँमा रिफर गरे पनि  बिमाले ठूलो राहत गरेको विकको भनाइ छ। बिमा सुविधा उपभोग गरिरहनुभएका धनी  र रूपा प्रतिनिधि पात्र मात्रै हुन। यसले सबैजसो विपन्नका लागि सहुलियत मिलेको छ भने उपचार नगरी घरमै बस्नुपर्ने बाध्यता हटेको छ।

बाजुरा जिल्ला अस्पतालमा मात्रै उपचारका लागि आएका मध्ये ७० प्रतिशत बढी बिरामी बिमाबाटै सुविधा लिने गरेको जिल्ला अस्पताल बाजुराका डा. मिलन जोशीले बताउनुभयो। स्वास्थ्य बिमा कार्यक्रम गरिबका लागि निकै प्रभावकारी भएको जोशीको भनाइ छ। उहाँका अनुसार जिल्ला अस्पतालमा एक दिनमा ४० जनाभन्दा बढी नागरिक बिमाबाटै सेवा लिने गरेका छन्।

आर्थिक भार नहुने, स्वास्थ्य चेकजाँचमा सहज हुने, पैसा तिर्न नपर्ने वर्षभरि सानोतिनो सबै प्रकारको उपचारका लागि ढुक्क हुने हुँदा बिमाप्रतिको आकर्षण बढेको डा. जोशीको भनाइ छ। बाजुरामा हालसम्म ३४ हजार ४८८ जनाले बिमा गराएको बिमा प्रमुख तथा दर्ता अधिकारी तारा रोकाया (डडाल) ले बताउनुभयो।

तीमध्ये १७ हजार २५३ जना महिला र १७ हजार ३३५ पुरुष रहेको उहाँले बताउनुभयो। तीमध्ये २४ हजार ३७६ जना अति विपन्न छन्। उहाँका अनुसार सबैभन्दा बढी  बडीमालिका नगरपालिकामा तीन हजार ७१८ महिला र तीन हजार ७२८ पुरुष छन्।

बुढीगङ्गा नगरपालिकामा एक हजार १६६ पुरुष र एक हजार ३५८ जना महिला स्वास्थ्य बिमा सुविधामा जोडिएका छन्। बुढीनन्दा नगरपालिकामा दुई हजार ९८७ महिला, दुई हजार ९३५ पुरुष छन्।

खप्तड छेडेदह गाउँपालिकामा एक हजार ७६७ महिला र एक हजार ७६८ पुरुष, गौमूल गाउँपालिकामा २५१ पुरुष र २६१ महिला छन्। हिमाली गाउँपालिकामा दुई हजार ६६८ महिला र दुई हजार ७४४ पुरुष छन्।

यस्तै जगन्नाथ गाउँपालिकामा एक हजार ३६४ जना महिला र एक हजार ३६२ जना पुरुष, स्वामिकार्तिक खापर गाउँपालिकामा दुई हजार २१५ महिला र दुई हजार ३१० पुरुष र त्रिवेणी नगरपालिकामा एक हजार आठ पुरुष र ९७८ महिलाले स्वास्थ्य बिमा भरेको अवस्था छ। अस्पताल बाजुरा, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, अछामको बयालपाटा अस्पताल र जिल्ला बाहिर पनि बिमा सुविधासहितको प्रमाण लिएर प्रभावकारी उपचार सेवा पाउन थालेपछि बाजुराका स्थानीय निकै उत्साहित भएका छन्।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर