नेभिगेसन मेनु

मन्त्री देउवाद्वारा सडक अनुगमन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-18 11:53

Untitled-1 (3)

धनगढी, भदौ १ गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले अलपत्र अवस्थामा रहेको धनगढी गाउँ–जुगेडा जोड्ने सडकको अनुगमन गर्नुभएको छ । नाजुक अवस्थामा रहेको उक्त सडक निर्माणका लागि उहाँले अनुगमन गर्नुभएको हो । 

सो सडकको अवस्था नाजुक भएको खबर बिहीबारको गोरखापत्रमा प्रकाशित भएको छ । सो समाचार प्रकाशित भएपछि मन्त्री देउवा सडकको स्थलगत अनुगमनमा जानुभएको हो । धनगढी गाउँदेखि जुगेडासम्म ६.३ किलोमिटर रहेको सो सडक अब प्रदेश सरकारले निर्माण गर्ने जनाइएको छ । 

केही दिनभित्रै सडक निर्माणको ठेक्का हुने धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ । “अब केही दिनभित्रै ठेक्का हुन्छ,” उहाँले भन्नुभयो । यो सडक निर्माणमा क्षेत्रीय सहरी परियोजनाको पनि साझेदारी रहने जनाइएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर