नेभिगेसन मेनु

अक्सिजन अभावले निगमको जहाज मलेसियामा ग्राउन्डेड
सम्पादक:南亚网络电视
समय:2023-07-18 13:03

thumb (9)

काठमाडौँ — चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ । निगमको अपरेसन विभागका एक उच्च अधिकारीका अनुसार, उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् । 

‘ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको छ,’ निगमको वाणिज्य विभागका एक कर्मचारीले भने, ‘त्यसबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमै अलपत्र छन् । उनीहरूलाई निगमकै खर्चमा खाजा/खाना खुवाउनुपर्छ ।’

निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की (नेपाली नाम सगरमाथा) भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर सोमबार राति १० बजे मलेसिया उडाएको थियो । विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौंमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो । यही विमानको ककपिटको अक्सिजन अभाव भएपछि त्यहाँबाट नेपाली सयमअनुसार बिहान ३ बजे उड्नुपर्ने जहाज ९ बजेसम्म उडेको थिएन ।

निगमका पाइलटहरूले अक्सिजन अभावमा जहाज काठमाडौंबाट उडाइएको विषय गम्भीर भएको बताएका छन् । ‘अक्सिजन अभाव हुँदा ककपिटमा संकेत देखिन्छ, जहाज कसरी मलेसिया उड्यो ? यस्तो अवस्थामा बीचबाटै काठमाडौं फर्किनुपर्नेमा किन मलेसिया लगियो ? बारम्बार निगममा भइरहेका गम्भीर लापर्बाही पर्यटनमन्त्री सुदन किरातीले निगमका व्यवस्थापकलाई कारबाही गर्नुपर्छ,’ निगमको सञ्चालक समितिका एक पदाधिकारीले भने । निगमका प्रवक्ता रमेश पौडेलले अक्सिजन उपलब्ध भइसकेको र जहाज चाँडै काठमाडौं फर्किन लागेको बताए । उडानमा संलग्न एक अधिकारीले मलेसियास्थित एयर एसियासँग अक्सिजन मागेर जहाज काठमाडौं फर्काउने तयारी भइरहेको बताए ।

यो विमान मलेसियाबाट भैरहवा हुँदै बिहान ९:३५ बजे काठमाडौं अवतरण गर्ने तालिका थियो । तर, समयमै काठमाडौं नफर्किएका कारण यस्को दिउसो बैंगलुरुको उडान प्रभावित भएको छ । बैंगलुरुका लागि १ सय ३६ यात्रुले टिकट लिइसकेका छन् । त्यस्तै आजै बेलुकी मलेसियाका लागि राखिएको उडान पनि प्रभावित हुने निगमका अधिकारीहरूले बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर