नेभिगेसन मेनु

स्वास्थ्य बिमा सेवा लिनै सास्ती
सम्पादक:南亚网络电视
समय:2023-07-14 12:50

Untitled-1 (10)

सुर्खेत, असार २९ गते । सुर्खेतस्थित प्रदेश अस्पतालमा दैनिक नौ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ । 

वीरेन्द्रनगर नगरपालिका–९ की ३८ वर्षीया जानकी बुढाले स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउनुभयो । उहाँका अनुसार कागजपत्र नमिलेको भन्दै झन्झट र दुःख दिने गरिएको छ । अस्पतालमा सेवा लिन लगातार तीन दिनसम्म धाउँदा पनि सेवा लिन सहज भएन । वीरेन्द्रनगर नगरपालिका–३ का ४१ वर्षीय जीवन शाहीले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताउनुभयो । 

प्रदेश अस्पतालका स्वास्थ्य बिमा ‘फोकल पर्सन’ रामप्रसाद भण्डारीले बिमाको प्रक्रिया झन्झटिलोभन्दा पनि यसबारे बीमितलाई बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव र नागरिकमा प्रक्रियाबारे ज्ञान नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा स्वास्थ्य बिमाका सेवाग्राही प्रदेश अस्पतालमा आउने गरेका छन् । कर्मचारी अभावका कारण भने एक कर्मचारी बराबर दुईदेखि साढे दुई सय सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था छ । 

बिमासम्बन्धी हेर्ने कर्मचारी तीन जना मात्र छन् । बिमाको सेवा प्रवाह गर्ने कार्यकक्ष साघुँरो हुँदा सेवा प्रवाह गर्न समस्या हुने गरेको छ । कतिपय अवस्थामा टिकट सीमित राखेर बिमाका ५० प्रतिशत सेवाग्राही फर्काउनुपर्ने अवस्थासमेत रहेको छ । 

अस्पताल अनुगमन

कर्णाली प्रदेश मामिला समितिले सुर्खेतस्थित प्रदेश अस्पतालको बुधबार अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्काको संयोजकत्वमा रहेको  अनुगमन टोलीले अस्पतालको भौतिक पूर्वाधार र सेवा प्रवाहको अवस्था अवलोकन गर्दै सेवाग्राहीसँग प्रतिक्रियासमेत लिएको थियो । बिरामीसँग भेटघाट र अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग विविध विषयमा छलफल गरिएको बताइन्छ । जनशक्ति अभाव नै प्रमुख समस्या रहेको अस्पतालका निर्देशक डा. खड्काले बताउनुभयो । प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले क्षेत्राधिकारमा रहेर आवश्यक समन्वय गर्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर