नेभिगेसन मेनु

प्रदेश अस्पताल पाँच सय शय्याको बनाइँदै
सम्पादक:南亚网络电视
समय:2023-06-16 14:42

0

सुर्खेत, असार १ गते । कर्णाली प्रदेश अस्पताललाई स्तरोन्नति गरिने भएको छ। हाल तीन सय बेडसहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय शय्या पु-याइने भएको हो। 

अस्पताललाई हेलिप्याड सुविधासहितको बनाउने गरी संरचना निर्माण सम्झौता गरिएको छ। प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबिच अस्पतालको भवन थपका लागि सम्झौता गरिएको छ।

एक अर्ब दुई करोड ४२ लाख रुपियाँ लागतमा अस्पताल भवनको तला थपिँदै छ। अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा पाउने गरी तला थप गर्न लागेको अस्पतालका निर्देशक खड्काले बताउनुभयो। 

“मेडिकल कलेज सञ्चालन लागि आवश्यक मापदण्ड पूरा गरिसकेका छौँ,” उहाँले भन्नुभयो, “तला थप भएपछि विशिष्ट (भिआइपी) उपचार कक्ष, डिलक्स, क्याबिन कक्षलगायत सुविधा थपिने छन्। अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैका माथि हेलिप्याड निर्माण गरिने भएको छ।’’ 

निर्देशक खड्काले अपरेसन कक्ष, ल्याब, एक्सरे, एमआरआईलगायतका सुविधा छुट्टै भवनमा राखिने उल्लेख गर्नुभयो। शिक्षण अस्पतालमा अध्ययरत विद्यार्थीलाई अध्ययन गराउने कोठा र बस्नेसहितको सुविधा पनि नयाँ भवनमा थप हुनेछ।

निर्माण व्यवसायीले हाल सेवा प्रवाह गरिरहेको भवनको तला थप्ने कार्य तीन वर्षमा सक्ने सम्झौतामा उल्लेख छ। निर्माण व्यवसायीले उपचार गर्न आउने बिरामीलाई कुनै असर नपर्ने गरी भवन निर्माण थाल्ने प्रतिबद्धता जनाएका छन्। 

२०८२ साल मङ्सिरसम्म तला थप गर्ने अवधि रहे पनि लक्ष्य अगावै काम सक्न आफू प्रतिबद्ध रहेको ठेकेदार कम्पनीले दाबी गरेको छ। अस्पताल परिसरमा क्याप स्थापनाको काम सुरु गरेकाले केही दिनमा अन्य भौतिक काम शुभारम्भ गर्ने जानकारी दिएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर