नेभिगेसन मेनु

हस्तकला र लघुउद्यम प्रदर्शनी
सम्पादक:南亚网络电视
समय:2023-07-13 12:35

Untitled-1 (7)

सल्यान, असार २८ गते । कपुरकोट गाउँपालिकाले बहृत् हस्तकला तथा लघुउद्यम प्रदर्शनी आयोजना गरेको छ। ‘उद्यम गरौँ  उद्यमशीलताको विकास गरौँ’ भन्ने उद्देश्यले पालिकाभित्रका हस्तकला तथा लघुउद्यमका सामग्री प्रदर्शनीमा राखिएको बताइन्छ। प्रदर्शनीमा चोयाको डोको, सल्यानी खुकुरी, चोयाको पेरुङ्गो, साबुन, सर्फ, चोयाको डालो, कागजको लेदोबाट बनेको मूर्ति, गुडियालगायतका सामग्री राखिएको थियो।

कपुरकोट गाउँपालिका–२, सिमलकुनाका गोपीलाल थापा डोको र स्याउ (घुम) बुन्ने गर्नुहुन्छ। उहाँले हातबाट बुनेका डोका तुलसीपुरमा पाँच सय रुपियाँमा बिक्री गर्नुहुन्छ। उहाँले भन्नुभयो, “प्रदर्शनीमा डोका पनि सबैलाई देखाउने अवसर प्राप्त भयो। प्रदर्शनीमा चोयाले बुनेको डोको प्रदर्शन गर्न पाउँदा निकै खुसी लागेको छ।”

कपुरकोट–२, गोठीवनका हस्तवीर विकले सानै उमेरदेखि खुकुरी बनाउने सिप सिकेका हस्तवीरले खुकुरीदेखि हँसियासम्म बनाएरै जीविका गरिरहनुभएको छ। पहिलो पटक गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा खुकुरी प्रदर्शन गर्नुभयो। प्रदर्शनीमा उहाँले बनाएको खुकुरी र हँसिया मुख्य आकर्षण देखिन्थ्यो।

बाहिरबाट आयातित वस्तुको विस्थापन गरी गाउँपालिकाभित्र नै उत्पादन हुने वस्तुको बजारीकरणका लागि गाउँपालिकाले हस्तकला तथा लघुउद्यमको प्रदर्शन गरिएको बताइन्छ। गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकालाई आत्मनिर्भर बनाउन स्थानीयस्तरमा उत्पादन हुने वस्तुको बजारीकरण गर्न हस्तकला तथा लघुउद्यमको प्रदर्शनी गरिएको बताउनुभयो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले स्थानीय उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले कोसेली घर छिट्टै सञ्चालनमा ल्याउने बताउनुभयो। उहाँका अनुसार कपुरकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई सय विभिन्न क्षेत्रका लघुउद्यमी तयार गरेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर