नेभिगेसन मेनु

दिगो विकास र आर्थिक पारदर्शितामा ध्यान दिएका छौँ
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:05

0

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख हुनुहुन्छ विष्णुकुमार भाम। अघिल्लो निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि समाज सेवासहित व्यक्तिगत योगदानका कारण चर्चामा आउनुभएका नगर प्रमुख भाम गत वर्षको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित हुनुभयो। देशकै सबैभन्दा ठुलो रारा ताल पनि यही नगरपालिकामा पर्दछ। नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएका प्रमुख भामले स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकता दिएको बताउनुहुन्छ। प्रस्तुत छ, छायानाथ नगरपालिका प्रमुख भामसँग गोरखापत्रका लागि मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी। 

तपाईं नगर प्रमुखमा निर्वाचित भएको एक वर्ष अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?

छायानाथ रारा नगरपालिकामा कार्यक्रमलाई थप प्रभावकारी र पारदर्शी ढङ्गले कार्यान्वयन गर्ने अभियानमा छौँ। सुशासनसहितको दिगो विकास र गुणस्तरीय विकास निर्माणका योजनामा जोड दिनलाई यहाँका समुदायमा मौलाएको बेथितिले सुशासनमा संस्थागत विकास स्थापना हुन नसक्नु आजको चुनौती रहेको छ। जसले गर्दा मेरो घोषणापत्र अनुसारको दिगो विकास लक्ष्य अनुसार सुशासनमा स्थापना गर्ने कुरालाई चुनौती मानेका छौँ।

तपाईंले पालिकामा गर्नैपर्ने कामहरू के के छन् र कसरी गर्ने योजना छ ?

छायानाथ रारा नगरपालिकाले पहिलो प्राथमिकतामा गर्नैपर्ने काम बिजुली बत्ती सेवा छ। छायानाथ रारा नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ का बस्तीमा विद्युत्को पहुँच छैन। ती बस्तीमा विद्युत् विस्तार गर्नलाई लुम्स बगरबाट विद्युत् उत्पादन गर्नलाई लुम्स हाइड्रोपावरको डिपिआर भइसकेको छ र आउने आर्थिक वर्षबाट काम सञ्चालन हुने छ। विगतका वर्षमा टुक्रे योजना वितरण हुँदै आएका थिए। त्यस्ता टुक्रे योजनाले समुदायमा पारदर्शिता नहुँदा यस्ता वितरणमुखी योजनाको अन्त्य गर्न कार्यविधिको तयारी गरिरहेका छौँ। त्यस्तै समयको बचत गर्ने उद्देश्यले स्वच्छ खानेपानीका लागि एक घर एक धारा योजनाका लागि गैरसरकारी निकायसँग समन्वय गरी योजना सञ्चालन गर्ने योजनामा छौँ। 

अहिलेसम्मका मुख्य उपलब्धिहरू के के हुन् ?

सार्वजनिक लेखापरीक्षणको कार्यविधि अुनसार तीन तीन महिनामा सार्वजनिक सुनुवाइ, गणस्तरीय योजना निर्माणका लागि योजनाको नियमित अनुगमनबाट दिगो विकास र समान सहभागिताको पारदर्शिता स्थापना गरेका छौँ। छायानाथ रारा नगरपालिकाको कार्यसमिति रचनात्मक र सकारात्मक सोच भएकाले नगरका दलित समुदायलाई दसैँ भत्ता, अन्तरजातीय विवाह गर्नेलाई पुरस्कृत, अपाङ्गमैत्री कार्यविधि ऐन र विधेयक निर्माण गरेका छौँ। 

यस पालिकाको मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?

आन्तरिक पर्यटकको राजस्व सम्बन्धित स्थानीय निकायले सङ्कलन गर्न सक्ने नीति नियम हुदाँहुँदै पनि रारा राष्ट्रिय निकुञ्जको कार्यालयले छायानाथ रारा नगरपालिकाको कार्यालयलाई आन्तरिक पर्यटकबाट राजस्व सङ्कलनमा रोक लगाएको छ। उक्त राजस्व सङ्कलन कार्य रारा राष्ट्रिय निकुञ्जको कार्यालयले गर्दै आएको छ। त्यस्तै स्थानीय व्यापारीबाट पनि राजस्व सङ्कलनमा समस्या आएको छ। यी समस्यालाई समाधान गरी यो आर्थिक वर्षबाट छायानाथ रारा नगरपालिकाबाट राजस्व सङ्कलन आर्थिक कार्यविधि र ऐन बनाउँदै छौँ।

पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

नगरपालिकाको एक्लो प्रयासले नगरको विकास गर्न सम्भव छैन। नीतिगत रूपमै अहिले पनि सङ्घ र प्रदेशसँग समन्वय नगरी नहुने अवस्था छ। कतिपय व्यावहारिक कठिनाइले पनि समन्वय गर्नेपर्ने हुन्छ। कतिपय योजनामा हामीले सङ्घ तथा प्रदेशसँगको समन्वयमा काम गर्दै आएका छौँ। अहिले पनि धेरै योजना सञ्चालन गर्नुपर्ने छन्। जिल्ला सदरमुकाम गमगढी बजारलाई ढल निकास र व्यवस्थित बजारीकरणको खाँचो भएकाले सङ्घीय सरकारको समन्वयमा छ करोड ३५ लाख रुपियाँको अनुदान रहेको छ। जिल्ला आँखा अस्पताल भवनबाट सेवाग्राहीलाई उपचारमा समस्या आएकाले उक्त भवन आधुनिक प्रविधिसम्पन्न भवन निर्माण गर्नलाई कर्णाली प्रदेश सरकारको अनुदानमा सहयोग छ। छायानाथ रारा पालिकाकाले रचनात्मक काम गर्ने भएकाले सङ्घीय र प्रदेश सरकारसँग समन्वय राम्रो भएको छ। 

समृद्ध पालिका निर्माणका लागि अबको चार वर्षको अवधिमा के के काम गर्ने योजना छ ?

अबको चार वर्षमा नगरपालिका विपन्न परिवारका १८० जना घरधुरी पहिचानका आधारमा कृषि, पशुपालन, होटल व्यवसायमा अनुदान दिई आत्मनिर्भर र स्वरोजगार बनाई गरिबी न्यूनीकरण गर्ने लक्ष्य राखेका छौँ। त्यसै गरी नगरका १४ वटै वडाका बस्तीसम्म सेवा दिने उद्देश्यले नगर बस सेवा सञ्चालनमा ल्याउने छौँ। नगरपालिका अधिकांश सामुदायिक विद्यालयको परिसर घेराबार गर्ने, हरियाली बनाउने र सरसफाइसँगै गुणस्तर शिक्षामा जोड दिएका छौँ। सामुदायिक विद्यालयबाट दक्ष र राष्ट्रका लागि नै आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने सम्बन्धमा छलफल भइरहेको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर