नेभिगेसन मेनु

ऐनापहराको ढुङ्गामा आकर्षक आकृति बनाइँदै
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:09

0

तनहुँ, असार ५ गते । गर्मी बढेको समयमा पहाडको कुनाकन्दराबाट झरेको चिसो पानीको छाँगामा खेल्ने, ताल पोखरीमा डुबुल्की मार्ने रहर कसलाई हुँदैन र ? यही रहरलाई मेट्न यति बेला आँबुखैरेनी गाउँपालिका २ र ५ को सिमानामा रहेको ऐनापहरा झरनामा पर्यटकको भिड लाग्ने गरेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भिड लाग्ने गरेको हो ।

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा पर्यटकको सधैँ भिड लाग्ने भएकाले थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवान्का आकृति बनाउन सुरु गरेको छ । ऐनापहरालाई थप आकर्षक बनाई पर्यटकलाई लोभ्याउन प्राकृतिक ढुङ्गामा भगवान्को आकृति कँुद्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

कालिगड यतिबेला ढुङ्गामा भगवान्का आकृति कुँद्न व्यस्त भएका छन् । गाउँपालिकाले स्थानीय कालिगडलाई काममा लगाएको हो । चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपियाँको लागतमा ढुङ्गामा आकृति बनाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखी पहरोमा आकृति बनाउने काम भइरहेको छ ।” 

पृथ्वी राजमार्गसँगै जोडिएको ऐनापहरामा मनमोहक झरना छ । अग्लो ठाउँबाट झरेको कञ्चन पानी, हरियाली जङ्गल, खोँचबाट झरेको पानीले जो कसैको पनि मन लोभ्याउने तथा थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् । 

काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गर्छन् । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको पर्यटकलाई नयाँपन दिन ढुङ्गामा आकृति बनाउन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । झरना धेरै ठाउँमा छन् तर ऐनापहरा झरनालाई अन्य ठाउँको भन्दा पृथक् पहिचान दिन आकृति बनाउन लागेको उहाँले बताउनुभयो । 

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । त्यसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँ, धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ, धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको छ । यहाँ स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने दीर्घकालीन योजना रहेको गाउँपालिकाले जनाएको छ । 

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन  विस्तृत गुरुयोजना तयार भएको गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । डिपिआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । बहुवर्षीय योजना अन्तर्गत साहसिक खेल, सिसाको पुल, जिपलाइन, स्विमिङ पुल, ढुङ्गामा आकर्षक मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पृथ्वीराजमार्ग भएर दैनिक झन्डै पाँच हजार सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना रहेको पार्क निर्माण कार्य अगाडि बढाइएको हो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर