नेभिगेसन मेनु

‘१७ माघको मध्यराति भएको थियो राष्ट्रपति कांग्रेसले पाउने सहमति’
सम्पादक:南亚网络电视
समय:2023-06-12 14:26

panthi-vaya-cover2023-06-12-08-28-27

राष्ट्रपति निर्वाचन हुनुभन्दा एक महिनाअघि नै सत्तासाझेदार कांग्रेस र माओवादीबीच राष्ट्रपति कांग्रेसले पाउने सहमति भइसकेको खुलासा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको यो लिखित सहमति अन्तिम समयसम्म गोप्य राखिएको थियो । 

आइतबार डिजिटल विमोचन भएको र सोमबारदेखि बजारमा आउने पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’ मा यसबारे विस्तृतमा उल्लेख गरिएको छ । यो सहमतिका लागि राजनीतिक वातावरण बनाउने काममा कांग्रेस वरिष्ठ उपसभापति पूर्णबहादुर खड्का र माओवादी उपमहासचिव जनार्दन शर्मा खटिएका थिए ।

‘१७  माघ ०७९ को राति बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच गोप्य सहमति भयो– राष्ट्रपति कांग्रेसले पाउने, सरकारको नेतृत्व प्रचण्डले तीन वर्ष र कांग्रेसले दुई वर्ष गर्ने । राष्ट्रपति कसलाई बनाउने भन्ने पात्र भने तोकिएको थिएन,’ पुस्तकमा उल्लेख छ, ‘मध्यरातमा भएको सहमतिको साक्षी प्रचण्डकी छोरी गंगा र देउवापत्नी आरजु थिए । र, सहमतिको राजनीतिक वातावरण बनाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता जनार्दन शर्मा थिए । गोप्य राख्न सम्झौतालाई हस्तलिखित बनाइयो र त्यसमै प्रचण्ड र देउवाले हस्ताक्षर गरे । सम्झौतापत्र एक पेजको मात्रै छ । सम्झौतामा प्रदेश सरकारहरूमा आलोपालो गर्नेदेखि संसद्को कार्यकाल पाँच वर्ष नै राख्ने विषय पनि छन् ।’ कम्प्युटर टाइप गर्दा गोपनीयता भंग हुने डरले सहमति हस्तलिखित गरिएको पुस्तकमा उल्लेख छ । 

२५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । त्यसको एक दिन अगाडि मात्रै प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको आठ दलको बैठकमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति बनेको थियो । त्यसबेला पनि प्रधानमन्त्री र कांग्रेस सभापतिले आफुहरूवीच भएको सहमतिको कुनै छनक दिएका थिएनन् । १७ माघदेखि १२ फागुनसम्म राष्ट्रपतिलाई लिएर भएका बहुपक्षीय संवाद देखावटीमात्रै थिए । 

प्रकाशक सांग्रिला मिडिया ग्रुप प्रालिले केही दिनअघि पुस्तकको कभर सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरेको थियो । पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले मूल्य–मान्यता, विधान र संविधानबाहिर गएर चालेका कदमहरूको समीक्षा गर्दै नैतिकता–अनैतिकताको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको छ । पछिल्लो निर्वाचनपछि भएका सत्तासमीकरणका नाटकीय घटनाक्रम र यसका लागि पर्दापछाडि भएका गुप्त भेट र सम्झौताहरू पनि पुस्तकले उजागर गरेको छ । 

लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै–धोकाका कथा छन् । पद प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको पन्थीले बताए । ६७० पृष्ठको पुस्तक सफ्ट र हार्ड दुवै कभरमा उपलब्ध छ । पन्थीका यसअघि डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर