नेभिगेसन मेनु

लेखक तथा निर्देशक सुब्बा सम्मानित
सम्पादक:南亚网络电视
समय:2023-06-18 15:26

0

धरान, जेठ ३ गते । याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ ।

शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को अवसरमा लेखक तथा  निर्देशक उपेन्द्र सुब्बा, नबिन सुब्बा र सुरज सुब्बा नाल्वो सहित तीन जना सम्मानित हुनुभएको हो । 

जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग, चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फुल, बितेकापलका निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएको छ, भने चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन गरिएको छ । याक्थुङ कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रमार्फत विश्वसामु पुर्याएको र आदिवासी जनजाती चलचित्रहरुलाई नेपाली चलचित्र बजारमा चिनाउन अथक प्रयास गरेर सफल भएकोले उहाँहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र विक्रम बेघाले याक्थुङहरु कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिनुभयो । उहाँले कला, भाषा, साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न समेत आग्रह गर्नुभयो । आफ्नो  समुदायको कला, भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्न यस्ता संघ संस्थाहरुकै भएकोले एकताबद्द भएर लाग्न आग्रह गर्दै देशैभरीका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भने छलफल र चिन्तन गर्नुस यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुने समेत बताउनुभयो।

यसैगरी उत्सवको अवसरमा विगत चार दशकदेखी मोफसलमै रहेर चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई, याक्थुङ वरिष्ठ कलाकार पदबाट र  किशोर सुब्बालाई वरिष्ठ याक्थुङ चलचित्रकर्मी पदवीबाट प्रेम सुब्बा र किशोर सुब्बालाई नगद सहित कार्यक्रमका प्रमुख अतिथी उप प्रमुख बेघाले सम्मान गर्नुभयो ।  

असार २ र ३ गते दुईदिन चल्ने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र भएको थियो । भव्य रुपमा उद्घाटन भएको खुल्ला शत्रको उदघाटनमा च्याब्रुङ सहित सांस्कृतिक झाकी यालाङ, केलाङ, हाक्पारे, बिजुवा प्रदर्सन, विभिन्न गायक गायिकाको प्रस्तुति रहेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर