नेभिगेसन मेनु

राजदूत आचार्यद्वारा आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
सम्पादक:南亚网络电视
समय:2023-06-09 13:58

无标题 1511

लन्डन । बेलायतका साथै आयरल्यान्डका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

डब्लिनस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र पेस गरेको दूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपतिले राजदूत आचार्यलाई  आयरल्यान्डका  लागि नेपालको राजदूतमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए । साथै दुई देशबीचको विद्यमान मित्रताको सम्बन्ध निरन्तरता र थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उक्त समारोहमा राजदूत आचार्य र आयरल्यान्डका राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । राजदूत आचार्यले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट राष्ट्रपतिको सन्देश सुनाएका थिए । सन्देशमा राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा आयरल्यान्डका राष्ट्रपतिको व्यक्तिगत सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आयरल्यान्डका जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरिएको थियो ।

राष्ट्रपति हिगीन्सले पनि नेपालका राष्ट्रपति र नेपाली जनताको निरन्तर शान्ति, संवृद्धि र हितको कामना व्यक्त गरेका थिए । राजदूत आचार्यले भूकम्प र कोभिड–१९ को महामारीका बेला आयरल्यान्डले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास र वर्तमान सरकारका विकास प्राथमिकताका बारेमा अवगत गराएका थिए ।

यसैगरी शिक्षा, सूचना प्रविधि र पर्यटनका क्षेत्रमा सहयोग अभिवृद्धि गरी नेपाल–आयरल्यान्ड सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल र सहमति भएको थियो । आयरल्यान्डमा रहेका नेपाली समुदायको योगदानका बारेमा पनि उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदान र जलवायु परिवर्तनका मुद्दालगायत दुवै देशका लागि महत्त्वपूर्ण क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूको विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा आयरल्यान्ड सरकार र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । राजदूत आचार्यसँगै उनकी धर्मपत्नी श्रीमती सुनिता आचार्य र दूतावासका द्वितीय सचिव रामबाबु नेपाल समेतको उपस्थिति रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर