नेभिगेसन मेनु

चिनियाँ आधुनिकीकरण
सम्पादक:南亚网络电视
समय:2023-05-21 13:45

Untitled-1 (5)

आधुनिकीकरण मानव सभ्यताको विकास र प्रगतिको प्रमुख चिह्नको रूपमा आधुनिक काल प्रारम्भ भएदेखि विभिन्न देशका जनताको सङ्घर्षको लक्ष्य बनेको छ । इतिहासलाई फर्केर हेर्दा, पश्चिमेली विकसित मुलुकले केही सय वर्ष लगाएर पूरा गरेको औद्योगीकरणको ऐतिहासिक प्रव्रिmया चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गर्दै केही दशकको समयावधिमै सम्पन्न गरी चिनियाँ जाति पिछडिएको अवस्थाबाट सङ्घर्ष गर्दै दुःख कष्टबाट निस्केर समृद्धिमा पुग्ने भाग्य परिवर्तन गरी चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ मार्ग प्रस्तुत गरेको छ । यो चमत्कार चीनको मात्र होइन, विश्वको पनि हो, यो चमत्कारले विश्वमा धेरै पक्षमा दूरगामी प्रभाव पारेको छ । “जब विश्वमा समानता सुशासन रहन्छ, यो विश्व सबैको साझा बन्न जान्छ ।

विश्वको सबैभन्दा ठुलो विकासशील देशको रूपमा चीनले सधैँ सम्पूर्ण विश्वलाई महìव दिँदै आएको छ । हामीले आधुनिकीकरण गर्नु आत्मरति र आत्म प्रशंसाका लागि होइन, हाम्रै देशले सबै कुरामा प्राथमिकता पाउनु पर्छ भन्नका लागि त झनै होइन । हामीले आधुनिकीकरण गर्नु आफ्नो विकासका साथ साथै विश्व शान्तिका लागि अझ बढी सकारात्मक ऊर्जा प्रदान गर्नका लागि र वैश्विक विकासका लागि अझ बढी अवसर प्रदान गर्नका लागि हो ।

शान्तिपूर्ण विकासका लागि नयाँ ऊर्जा 

शान्तिपूर्ण विकासको मार्गमा अग्रसर हुनु चिनियाँ शैलीको आधुनिकीकरणको चिनियाँ विशेषतामध्ये एक हो । चीनको विकासको उद्देश्य आफ्नो प्रभुत्व बढाउनु होइन, चिनियाँ संस्कृतिमा ‘देश शक्तिशाली भए पछि प्रभुत्ववादी हुने छ’ भन्ने अवधारणा नै छैन । चिनियाँ कूटनीति आफ्नो चारित्रिक सामथ्र्यका कारण प्रभुत्ववादसँग भयभीत हुँदैन । सन् २०१८ मा शान्तिपूर्ण विकासको मार्गमा अडिग रहने कुरा चीनले आफ्नो संविधानमा उल्लेख गरी शान्तिपूर्ण विकासको मार्गमा अग्रसर हुने आफ्नो दृढ निर्णय विश्वसामु प्रस्तुत गरेको छ । 

नयाँ चीनको स्थापना भएयताका सत्तरीभन्दा बढी वर्षमा चीनले कहिले पनि आफैँ आक्रमक  भई कुनै युद्ध अथवा द्वन्द्वको प्रारम्भ गरेको छैन, अरू कुनै पनि देशको एक इन्च जमिन हडपेको छैन । चीनले सक्रिय  रूपमा अन्तर राष्ट्रिय सैन्य शक्ति नियन्त्रण, सैनिक सङ्ख्या न्यूनीकरण, आणविक शक्ति विस्तार निषेध आदिको प्रव्रिmयालाई अघि बढाएको छ । सैन्य शक्ति विस्तारको प्रतियोगिताको विरोध गरी विश्वव्यापी रणनीतिक सन्तुलन र स्थिरताको रक्षा गर्दै अहिले चीन सबैभन्दा बढी शान्ति सेना पठाउने संयुक्त राष्ट्रसङ्घ शान्ति सुरक्षा परिषद्को स्थायी सदस्य र शान्ति सुरक्षा कार्यक्रम  गर्न सबैभन्दा बढी रकम दिने दोस्रो देश बनेको छ । 

चीन सदैव वस्तुगत सत्यमा विश्वास गर्दछ, संवाद र सरसल्लाहमा जोड दिने गर्दछ । चीनले केही समय अघि साउदी अरबिया र इरानको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्न र अफगनिस्तान समस्या समाधान गर्न सक्रिय  भूमिका निभाएको थियो । चीन सदैव स्वतन्त्र एवं सार्वभौम शान्तिपूर्ण पक्षधर रहँदै आएको छ । चीन शान्तिपूर्ण सहअस्तित्वका पञ्चशील सिद्धान्तका आधारमा विश्वका विभिन्न देशसँग मैत्रीपूर्ण सहयोगको सम्बन्ध विकास गर्न चाहन्छ, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नियमको रक्षा गर्न चाहन्छ, अन्तर्राष्ट्रिय न्याय र सत्यको रक्षा गर्न चाहन्छ र विश्व शान्तिको सबल रक्षक बन्न चाहन्छ ।

चीन सदैव आपसी सम्मान, सहयोग, दुवै पक्षको जितको पक्षमा रहने छ र चीनले आफ्नो विकासको अवसरलाई विश्वको विकासको अवसरमा रूपान्तरण गर्ने छ । चीन विश्वका अन्य देशबिच सौहार्दपूर्ण आदानप्रदान गर्दै आपसी हित र दुवै पक्षको जित हुने परिस्थिति सिर्जना गर्दै अघि बढ्ने छ । चिनियाँ अर्थतन्त्रको धेरै वर्षसम्म स्थिर रूपमा अभिवृद्धि भई विगत दस वर्षमा विश्व अर्थतन्त्रको अभिवृद्धिमा त्यसको योगदान ३० प्रतिशतभन्दा बढी रहेको थियो । विश्वको गरिबी घटाउने र विकास कार्यको संवाहक, परिचालक एवं प्रयोगकर्ताको रूपमा चीनले विकासशील देश, अझ विशेष गरी सबैभन्दा अविकसित देशमा गरिबी निवारणका लागि सव्रिmय सहयोग र समर्थन गरेको छ । 

बीआरआईको संयुक्त रूपमा निर्माण गर्ने प्रस्तावना प्रस्तुत गरिएको दस वर्षमा ३००० भन्दा बढी परियोजना तयार भइसकेका छन्, करिब १० खर्ब अमेरिकी डलर बराबरको लगानी भइसकेको छ । बीआरआईमा पर्ने देशमा चार लाख २० हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गरिएका छन् र धेरै देशमा त्यहाँका जनताको ‘रेलमार्गको सपना,’ ‘ठुलो पुलको सपना,’ ‘गरिबी निवारणको सपना’ आदि साकार भएका छन् ।

वैश्विक विकासको प्रस्तावनालाई १०० भन्दा बढी देश र धेरैवटा अन्तर्राष्ट्रिय संस्थाले समर्थन जनाइसकेका छन्, करिब ७० वटा देशले वैश्विक विकास प्रस्तावनामैत्री सङ्घमा पनि प्रवेश गरेका छन् । यसबाट संयुक्त राष्ट्र सङ्घको २०३० दिगो विकासको लक्ष्य प्राप्तिका लागि महìवपूर्ण ऊर्जा प्राप्त भएको छ । चीनले आपसी हित र दुवै पक्षको जित हुने खुला रणनीतिको अवलम्बन गरी विश्व अर्थतन्त्रको विकासलाई अघि बढाउने छ, अन्य देशसँग संयुक्त रूपमा वैश्विक विकासका लागि नयाँ ऊर्जा निर्माण गरी विकासका उपलब्धिलाई अझ राम्ररी सबै देशका जनतासम्म पु-याउने छ । चिनियाँ शैलीको आधुनिकीकरणले विश्वलाई नयाँ अवसर, नयाँ ऊर्जा, नयाँ योगदान दिई चिनियाँ शैलीको आधुनिकीकरणको विश्वव्यापी महìव र चीनको आफ्नो अन्तर्राष्ट्रिय जिम्मेदारी बोध प्रस्तुत गर्ने छ ।

विकासशील देशलाई एक नयाँ विकल्प प्रदान 

चिनियाँ राष्ट्रपति सी चिनफिङले जोड दिएर भन्नुभएको छ, कुनै देशको आधुनिकीकरण प्रव्रिmया आधुनिकीकरणका सामान्य नियमसँग मिल्नु पर्दछ, त्यस भन्दा बढी आफ्नो देशको वास्तविक परिस्थितिसँग मेल खाने हुनु पर्दछ, आफ्नो देशको विशेषतायुक्त हुनु पर्दछ । विकासशील देशले आफ्नो देशको परिस्थितिअनुरूप विशेषतायुक्त आधुनिकीकरणको मार्ग निर्माण गर्ने अधिकार र सामथ्र्य पनि रहेको छ । लामो समयदेखि अल्पसङ्ख्यक देशले आधुनिकीकरणबारे बोल्ने अधिकारलाई आफ्नै नियन्त्रणमा राखेर बसेका छन् र उनीहरू आधुनिकीकरण भनेकै पश्चिमेलीकरण हो, आधुनिक सभ्यता भनेकै पश्चिमेली सभ्यता हो भन्ने भ्रम हेर्दै बसेका छन् । चिनियाँ शैलीको आधुनिकीकरणले पश्चिमाको पुँजीलाई सर्वोपरि मान्ने, दुई ध्रुवमा ध्रुवीकरण गर्ने, वस्तुवादको फुस्रो विकासमा जोड दिने, अन्य देशमा आफ्नो प्रभाव विस्तार गरी तिनीहरूको शोषण गर्ने आदि आधुनिकीकरणको पुरातन मार्गको परित्याग गरी विश्वका लागि एक पूर्ण रूपले नयाँ आधुनिकीकरणको मोडेल प्रस्तुत गरेको छ । 

चिनियाँ शैलीको आधुनिकीकरणले विश्वका विभिन्न देशको आधुनिकीकरणलाई साकार बनाउने आत्मविश्वास जागेको छ, अझ राम्रो सामाजिक व्यवस्थाबारे अन्वेषण गर्नका लागि मानव जातिलाई चिनियाँ शुभ प्रदान गरेको छ । चिनियाँ विकासको मार्गले सबै विकासशील देशहरूलाई प्रत्येक देशले अविकसित अवस्थाबाट विकास गर्न सक्दछ भनी प्रोत्साहित गरिरहेको छ । बेनिनका राष्ट्रपति तालोले भन्नुभएको छ, चिनियाँ मोडेल, स्वावलम्बन र सुशासनले सबै अविकसित देशहरूलाई प्रोत्साहित गरिरहेको छ किनकि प्रत्येक देश विकास गर्ने सामथ्र्य राख्दछन् ।

मानव जातिको साझा भाग्यको समष्टि निर्माणका लागि नयाँ दिशा निर्देश 

मानव जातिको साझा भाग्यको समष्टिको निर्माण चिनियाँ शैलीको आधुनिकीकरणको मूलभूत लक्ष्य हो । वर्तमान अवस्थामा विश्वले नयाँ अस्थिर परिवर्तनको युगमा प्रवेश गरेको छ, धेरै प्रकारका सङ्कट र विश्वव्यापी चुनौती एक साथ देखा परिरहेका छन्, यसबाट मानव जातिको साझा भाग्यको समष्टिको निर्माणको अपरिहार्यता, नितान्त आवश्यकता र श्रेष्ठतालाई बारम्बार प्रमाणित गरेको छ । चीन सदैव इतिहासको सही पक्ष, मानव जातिको सभ्यताको प्रगतिको रहेको पक्षमा छ । चीन विश्व शान्ति र विकासका जगेर्ना गर्दै आफ्नो विकासमा जुटेको छ र आफ्नो विकासद्वारा पुनः विश्व शान्ति र विकासको अझ राम्ररी रक्षा गर्दै दियो शक्तियुक्त, सुरक्षित साझा समृद्धिशाली, खुला, समावेशी, स्वच्छ एवं सुन्दर विश्वको निर्माणलाई अघि बढाउँदै छ । यसै प्रव्रिmयाद्वारा चीनले आफ्नो वैश्विक दृष्टिकोण, विशाल विश्वको हार्दिकता र ऐतिहासिक जिम्मेदारीबोधलाई सबल रूपमा प्रस्तुत गरेको छ । 

चिनियाँ शैलीको आधुनिकीकरणका लागि हामीले शान्ति, विकास, सहयोग, दुवै पक्षको जिनको झन्डालाई उँचो बनाई साँच्चैको बहुलवादलाई व्यवहारमा उतारी मानव जातिका साझा मूल्य मान्यताको प्रचार गरी वैश्विक विकासको प्रस्तावना, वैश्विक सुरक्षाको प्रस्तावना, वैश्विक सभ्यताको प्रस्तावनालाई साकार बनाउन विभिन्न देशले हातमा हात मिलाई मानव जातिका साझा भाग्यको समष्टिको निर्माणलाई अझ अगाडि बढायौँ । संयुक्त राष्ट्र सङ्घ साधारण सभाको ६९ औँ बैठकका अध्यक्ष पिटर थमसनले भन्नुभएको छ, “चीनले प्रस्तुत गरेको मानव जातिको साझा भाग्यको समष्टिको अवधारणा यस ग्रहमा मानव जातिको एक मात्र भविष्य है ।” 

चिनियाँ शैलीको आधुनिकीकरणको कपीराइट चीनको हो, तर अवसर सम्पूर्ण विश्वको हो । यसबाट चिनियाँ जनता समृद्धिशाली बन्ने छन्, साथै यसले विश्वको साझा विकासलाई पनि अघि बढाउने छ । यसको सफलताले सम्पूर्ण विश्व, सम्पूर्ण मानव जाति, सम्पूर्ण संसारलाई समृद्ध र सुखी बनाउने छ । चीन नेपाललगायत सम्पूर्ण देश हातमा हात मिलाई आधुनिकीकरणको मार्गमा अघि बढ्न चाहन्छ; विश्वमा सुव्यवस्था कायम गर्न चाहन्छ; मानव जातिको साझा भाग्यको समष्टिको निर्माणको मार्गमा ठुला ठुला पाइला चाल्दै अघि बढ्न चाहन्छ; विभिन्न विशेषतायुक्त आधुनिकीकरण कार्यलाई अघि बढाउन चाहन्छ; विश्वको अझ सुन्दर भविष्यको निर्माण गर्न चाहन्छ ।

लेखक नेपालका लागि चिनियाँ राजदूत हुनुहुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर