नेभिगेसन मेनु

सर्वोच्चको आदेशपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा
सम्पादक:南亚网络电视
समय:2023-05-12 18:22

thumb (12)

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान बिहीबार रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो ।

रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ ।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानुनसम्मत नभएको बताएको छ ।

आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ । उनलाई शुक्रबार ११ बजे अदालतमा उपस्थित हुन भनिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य भएको बताएको हो । उनलाई रिहा गरे पनि अहिले घर जान भने नपाउने अदालतको आदेशमा उल्लेख गरिएको छ ।

‘पेसीको समयमा खान इस्लामाबाद पुलिसको सुरक्षामा रहनेछन् । पुलिस लाइन मुख्यालयमा आफूले भेट्न चाहेका आफन्त र कानुन व्यवसायीको नाम लिस्ट भने खानले दिनुपर्नेछ‚’ प्रधानन्याधीश बन्दियालको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

पूर्वप्रधानमन्त्री खानले भने अदालतमा आफूलाई इस्लामाबादभन्दा बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्किनका लागि स्वीकृति दिन आग्रह गरेका थिए । आदेशपछि खान सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तहरूसँग मात्र भेट्न सक्ने खानका वकिल बाबर अवानले बताए ।

उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन चर्किएको थियो ।

कसरी परेका थिए पक्राउ ?

इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । एनएबी (नेसनल एकाउन्टिबिलिटी ब्युरो) ले आफ्नो कानुनअनुसार खानलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ ।

एनएबीले खानलाई नोटिस दिएको र त्यसको सन्तोषजनक उत्तर नदिएपछि पक्राउ गर्नुपरेको विज्ञप्तिमा जनाएको छ । पाकिस्तानमा एनएबीले भ्रष्टाचारसम्बन्धी मामिलाको जाँच गर्दै आएको छ ।

के थियो आरोप ?

खानले सन् २०१९ डिसेम्बर २६ मा अल कादिर ट्रस्ट स्थापना गरेका थिए । यो ट्रस्टका प्रमुख खान स्वयं र उनकी पत्नी बुसरा बीबी छन् । पाकिस्तानको डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि गत वर्षको जुनमा खान र उनकी पत्नीविरुद्ध एक रियल इस्टेट कम्पनीको अवैध ५० अर्ब रकमलाई कानुनी हैसियत दिएको आरोप लागेको थियो । त्यसबापत आफ्नो ट्रस्टका लागि अर्बौं रुपैयाँको जमिन दानमा हासिल गरेको आरोप उनीहरूमाथि छ ।

खानको प्रधानमन्त्रीकालमा मलिक रियाजको अवैध रकम फिर्ताको निर्णय गरेको, त्यसबापत मलिकले खान दम्पतीलाई जमिन दिएकोलगायत आरोप छ, जसमा एनएबीले अनुसन्धान गरिरहेको छ । यस मामिलामा पक्राउ पर्न सक्ने सम्भावना भएपछि खानले पक्राउमा रोकको मागसहित इस्लामाबाद उच्च अदालतमा मंगलबार निवेदन दिएको उनका वकिलले बताएका छन् । खानमाथि अन्य मुद्दाहरू पनि चलिरहेका छन् ।

सन् २०२२ अक्टोबरमा पाकिस्तानको चुनाव आयोगले तोषाखाना मामिलामा खानलाई आगामी पाँच वर्षका लागि चुनाव लड्न अयोग्य करार गरेको थियो । खानले सत्तामा रहँदा सरकारी स्वामित्वको एक विभाग तोषाखानाबाट उपहार लिएको र यसबारे सरकारी अधिकारीलाई सही जानकारी नदिएको चुनाव आयोगले जनाएको थियो । खानले भने यस्तो आरोपलाई गलत बताउँदै आएका छन् । यस्तै, खानले प्रधानमन्त्री हुँदा आफ्नो फाइदाका लागि महँगा उपहार बेचेको पनि आरोप छ, जसको विवरण उनले चुनाव आयोगलाई सम्पत्ति घोषणा गर्ने क्रममा दिएका थिएनन् ।

खानविरुद्ध महिला न्यायाधीशलाई अपमान गरेको मुद्दा पनि छ । २०२२ अगस्टमा खानका सहयोगी शहबाजलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो । खानले शहबाजलाई प्रताडित गरिएको आरोप लगाएका थिए भने विरोध प्रदर्शनको क्रममा इस्लामाबाद प्रहरी प्रमुख र महिला न्यायाधीशको निन्दा गरिएको थियो ।

यसैबीच, पीटीआईका कार्यकर्ताले रावलपिण्डीस्थित पाकिस्तानी सेनाको हेडक्वार्टर जीएचक्यूको प्रवेशद्वारमा तोडफोड र प्रदर्शन गरेका छन् । अर्को सहर लाहोरमा पनि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा आएका छन् । उनीहरूले प्रहरीका तथा अन्य सवारीसाधनमा आगजनी गरेका छन् । पीटीआईका नेता शाह महमुद कुरेसीले खानको पक्राउको विरोधमा प्रदर्शनमा आउन आह्वान गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले खानले पाकिस्तानी सेनालाई बारम्बार बदनाम गर्न खोजेको आरोप लगाएका छन् । ‘सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बारम्बार बदनाम गर्नु तपाईंको नीति थियो । के तपाईंले वजिराबादको घटनाअघि पनि सेना, गुप्तचर निकाय र यसका नेतृत्वको बदनाम गरिरहनुभएको थिएन ?’ सरिफले खानलाई प्रश्न गरेका छन् । वजिराबाद घटनामा खानमाथि एक बन्दुकधारीले गोली प्रहार गरेपछि उनी घाइते भएका थिए । यसअघि खानले प्रधानमन्त्री सरिफलाई ट्वीटरमा सेनाका अधिकारी कानुनभन्दा माथि रहेको हो भन्दै प्रश्न गरेका थिए ।

खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । तर, आफ्नै पार्टीका नेताहरूले साथ छाडेपछि उनले संसद्मा बहुमत गुमाएका थिए । गत वर्ष विपक्षी दलले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसक्रममा उनले विश्वासको मत पाउन नसकेपछि सत्ताच्युत भएका थिए भने सरिफ पाकिस्तानका प्रधानमन्त्री बनेका थिए । सत्ता गुमाएपछि खानले निरन्तरजसो सरकार र पाकिस्तानी सेनाका अधिकारीहरूको विरोध गर्दै आएका छन् ।

उनले समयअगावै चुनावका लागि पनि दबाब दिँदै आएका थिए । पाकिस्तानमा यसै वर्षको अन्त्यतिर चुनाव हुने तय भएको छ । पाकिस्तानी सेनाले भने आधारहीन आरोप नलगाउन गत सोमबार मात्रै खानलाई चेतावनी दिएको थियो ।

पाकिस्तानको एक अदालतले पूर्वप्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको ठहर गरेको हो ।

खान २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। खानमाथि गत अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

उनले यस्तो उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट अभ्यास गरेको अदालतको ठहर छ । निर्वाचन आयोगले पनि यस मामिलामा दोषी ठहर गर्दै सांसद सदस्यता खारेज गरेको थियो । खानले आफूमाथि लगाएको आरोप राजनीतिबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर