नेभिगेसन मेनु

किभमा रुसी हवाई आक्रमण
सम्पादक:南亚网络电视
समय:2023-05-17 12:38

thumb (6)

किभ — युक्रेनको राजधानी किभमा रुसले फेरि हवाई आक्रमण गरेको छ । यस महिनामा रुसको यो लगातार आठौं आक्रमण हो । युक्रेनका अधिकारीले किभलाई लक्षित गरी सोमबार प्रहार गरिएका १८ वटा मिसाईलाई नष्ट गरेको बताएका छन् ।

तर, रुसले आफ्ना ड्रोन र मिसाइल लक्षित क्षेत्रमा नै खसेको दाबी गरेको छ । यी आक्रमणका कारण दुई देशबीचको युद्ध झनै चर्किने देखिएको छ ।

रुसले मे महिनाको सुरुवातदेखि फेरि युक्रेनमा आक्रमण सुरु गरेको हो । त्यसअघि करिब दुई महिनासम्म रुसले कुनै आक्रमण गरेको थिएन । हवाई आक्रमण रोक्ने युक्रेनको प्रणालीलाई अन्त्य गर्न रुसले यस्तो रणनीति अपनाएको युक्रेनी अधिकारीहरूको भनाइ छ, जुन प्रणाली रुसको हवाई आक्रमण रोक्न निकै सफल भएको थियो ।

युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्स्की अहिले युरोपेली मुलुकको भ्रमणमा छन् । बेलायत र जर्मनीले युक्रेनलाई हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । बेलायतले २५० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइल दिने भएको छ । जर्मनीले पनि २.७ अर्ब युरोको नयाँ हतियार दिने भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर