नेभिगेसन मेनु

प्रधानमन्त्री र चिनियाँ उच्च अधिकारीबीच भेटवार्ता : प्रचण्डलाई चीन भ्रमणको निम्तो
सम्पादक:南亚网络电视
समय:2023-05-31 13:21

prachanda-and-Wang-Xiaohui_r9d2aC5A5B

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता सकिएको छ। बुधबार बिहान बालुवाटारमा चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्ता भएको हो।

स्रोतका अनुसार सिचुआन प्रान्तीय कमिटीका सचिव वाङको प्रतिनिधिमण्डल र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीबीच सामुहिक भेटवार्ता भएको हो। उनीहरुबीच वान टु वान वार्ता भने नभएको स्रोतले जनाएको छ।

भेटमा नेपाल-चीनबीचको पारस्परिक सम्मान र आपसी हितका आधारमा द्विपक्षीय सहयोग र दुई पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी भएको छ। स्रोतका अनुसार भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणको निम्तो दिएका छन्। 

१४ जनाको चिनियाँ टोली मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका थिए। उनीहरुले प्रधानमन्त्रीसहित सरकारी अधिकारी र व्यापारिक निकायसँग पनि छलफल गर्ने बताइएको छ। भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

पुस १० गते एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल चैतको १४ देखि १७ सम्म चीनको बेइजिङबाट ‘बोआओ फोरम फर एसिया’का लागि निम्तो आएपछि जाने तयारी गरेपनि कांग्रेस-माओवादीको नयाँ गठबन्धन बनेपछि अन्तिममा चीन नजाने सन्देश पठाएका थिए। 

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएपछि लगत्तै चिनियाँ राजदूत छन् सोङले भेटेर सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए । 

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर