नेभिगेसन मेनु

चीन बन्यो विश्वमै सबैभन्दा धेरै कार निर्यात गर्ने देश
सम्पादक:南亚网络电视
समय:2023-05-19 19:23

thumb (4)

काठमाडौँ — चीनले आफू विश्वकै सबैभन्दा बढी कार निर्यातकर्ता भएको दाबी गरेको छ । यस वर्षको पहिलो त्रैमासिकमा जापानलाई उछिन्दै चीन विश्वकै धेरै कार निर्यातक देश बनेको हो । गत हप्ता सार्वजनिक एक तथ्यांकअनुसार चीनले पहिलो तीन महिनामा १० लाख ७ हजार कार निर्यात गरेको हो । 

सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको छ । जापानले भने यस आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार निर्यात गरेको छ । यो संख्या गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।

विद्युतीय कारको लोकप्रियता र रुसमा कारको माग बढेको चीनको निर्यात बढेको बीबीसीले जनाएको छ । गत वर्ष मात्र चीन जर्मनीलाई उछिन्दै कार निर्यातमा विश्वको दोस्रो स्थानमा बएको थियो । भन्सार प्रशासनको तथ्यांकअनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेको थियो । जर्मनीले भने २६ लाख गाडी निर्यात गरेको थियो ।

पछिल्लो समय विश्वभर विद्युतीय कारको माग बढिरहेको छ जसको प्रत्यक्ष फाइदा चिनियाँ बजारलाई पुगेको छ । टेस्लाको चिनियाँ युनिट एसएआईसी चीनको सबैभन्दा ठूलो 'न्यु एनर्जी भेहिकल कार' निर्यातक हो । टेस्लाको सांघाईमा ठूलो विद्युतीय कार प्लान्ट रहेको छ । यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात हुँदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर