नेभिगेसन मेनु

कालीखोला–काहुँकोट अर्गानिक पदमार्ग शिलान्यास
सम्पादक:南亚网络电视
समय:2023-05-05 12:43

Untitled-1 (1)

पोखरा महानगरपालिका–११, कालीखोलादेखि काहुँकोटसम्म पुग्ने कालीखोला–काहुँकोट अर्गानिक पदमार्ग निर्माण गरिने भएको छ। पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभएको हो।

कालीखोलादेखि काहुँकोटसम्म १ दशमलव ८ किमि लम्बाइको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो। “पोखरा आसपासमा थुप्रै पदमार्ग छन्, त्यसलाई व्यवस्थित गर्दै नयाँ निर्माण गर्नु पनि आजको आवश्यकता हो,” प्रमुख आचार्यले भन्नुभयो। अब निर्माण गरिने पदमार्ग स्थानीय विशेषता झल्कने र पहिचानसहितका हुने उहाँले बताउनुभयो।

पोखरा घुम्न आउने पर्यटकलाई काहुँकोटसम्मको पदयात्रामा लैजान तथा मर्निङ वाक र इभिनिङ वाकमा जानेका लागि पनि यो पदमार्ग सरल र सहज हुने प्रमुख आचार्यले बताउनुभयो। निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्ग ढुङ्गाले निर्माण गरिनेछ। पदमार्गमा चार स्थानमा कफी सपसहितका विश्राम स्थल हुनेछन् भने १० स्थानमा भ्यु प्वाइन्ट निर्माण गरिनेछन्। १० फिट चौडाइको पदमार्गको बीचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने उहाँले बताउनुभयो। एक घण्टा १५ मिनेटमा पुग्न सकिने पदमार्गको कालीखोलामा प्राकृतिक पौडी पोखरी निर्माण गरिनेछ। 

पहिलो चरणमा ३० लाख रुपियाँ बजेट विनियोजन भई काम भइरहेको पदमार्गको निर्माण २०८० सालभित्र सम्पन्न गर्ने लक्ष्य छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर