नेभिगेसन मेनु

नारायणगढ–बुटवल सडक विस्तार : चार वर्षमा अट्ठाइस प्रतिशत
सम्पादक:南亚网络电视
समय:2023-04-07 13:14

sadak

विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ। सडक विस्तारको काम सुस्त त भएको छ, अर्कोतिर राजमार्गसँग जोडिएका मुख्य बजारका स्थानीय धुलोले गर्दा आजित भएका छन्। 

दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ। धुलो उडेर पाँच मिटर अगाडिको दृश्य पनि देख्न सकिँदैन। पानी पर्दा हिलो र अन्य समयमा धुलो उड्दा राजमार्ग क्षेत्रका स्थानीयवासीको दैनिकीमा समेत असर परेको कावासोतीका रितु पाण्डे बताउनुहुन्छ।

नारायणगढ–बुटवल सडक विस्तार २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियोतर गत साउन महिनाभित्रै सक्ने गरी पूर्व–पश्चिम राजमार्गको सडक निर्माण सुरु गरिएको थियो। कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्रे गर्ने योजनाका साथ काम गरिरहेका छौँ। गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्रे गर्ने गरी काम अगाडि बढाएका छौँ।” 

अहिले कालोपत्रे भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रेको तयारी छ। सडक विस्तारका क्रममा डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रेको काम भइरहेको छ। चालु आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षात्लगायतका कारण काममा ढिला हुन सक्ने ठेक्का व्यवस्थापक झाले बताउनुभयो। 

सडक निर्माणमा ढिलो हुँदा सवारीचालक र यात्रुले कठिन यात्रा गर्न बाध्य भएका छन्। काठमाडौँदेखि बुटवलसम्म करिब सात घण्टाको बाटोलाई अहिले १४ घण्टा लाग्ने चालक बताउँछन्। विस्तारका क्रममा जताततै सडक भत्काउँदा जोखिम मोलेर सवारी चलाउन बाध्य रहेको सवारीचालक सुवास सुनार बताउनुहुन्छ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत रहेको बताउनुभयो। हाल उक्त सडकमा कल्भर्ट निर्माणलगायतको काम भइरहेको छ। उहाँले भन्नुभयो, “मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ।”

सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ। सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन। माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन्। चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो गरिँदै छ। 

दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक तीन लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ। गैँडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमि र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमिमा १६ अर्ब ९९ करोड रुपियाँमा चाइना स्टेटले चार वर्ष अगाडि ठेक्का पाएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर