नेभिगेसन मेनु

एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन
सम्पादक:南亚网络电视
समय:2023-04-09 16:37

1

म्याग्दी (दरबाङ),चैत २६ गते । म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन छ । आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेटमा सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्पर्कविहीन बनेको हेलिकप्टरको खोजीमा एयर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ । ‘आज विहान ११ बजेर ११ मिनेट जाँदा एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन भएको भन्ने खबर आएको छ,’ उहाँले भन्नुभयो, ‘खोजीका लागि टोली खटाइएको छ भने माथिबाट पनि अर्को हेलिकप्टर त्यसतर्फ पठाइएको छ । यात्रु र थप जानकारी प्राप्त हुन सकेको छैन ।’ 

हेलिकप्टरमा सवार यात्रुसहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तत्काल पैदलमार्गबाट जान सम्भव नभएकाले सम्बन्धित टेकिङ एजेन्सीले नै खोजी गरिहेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने विश्वको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर