नेभिगेसन मेनु

दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र
सम्पादक:南亚网络电视
समय:2023-04-11 14:07

Screenshot-2023-04-11-113119

मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।

पहिरोकै कारण हरेक वर्ष नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दश स्थानीय तहबाट सङ्कलित गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपको लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडाहरू प्रभावित भएको पाइन्छ ।

जिल्लाका कुल ८५ वटा वडा मध्ये पहिरोको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडाहरू मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सुचीमा रहेका मनसुन आपत्कालीन कार्य योजना–२०७९ मा उल्लेख गरिएको छ ।   

जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिरोले प्रभाव पार्नसक्ने जिल्ला बिपद व्यवस्थापन समितिको अनुमान छ । सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी काम भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो । 

मनसुन सक्रिय हुनु पहिले नै विपद् पूर्व, विपत् भएको समय र विपद् पश्चात् गर्नुपर्ने कामको बारेमा सरोकारवाला निकायसँग आवश्यक समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरेको प्रजिअ श्रेष्ठले बताउनुभयो । 

कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौंदीखोला, उत्तरगंगालगायतका खोला तथा नदी किनारका बस्तीहरू बाढीको जोखिममा छन् ।

पहिरोप्रकोपको कारणले जिल्ला भर करिब ३० हजार जनसङ्ख्या प्रभावित हुने सम्भावना रहेको छ । पहिरोको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्घावृद्घाहरु, गर्भवती महिलाहरू, सुत्केरी महिला, अपागं व्यक्ति, दलित र अति गरिब बढी प्रभावित हुने विपत् प्रतिकार्य योजनामा उल्लेख छ । 

‘यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरू जोखिममा छन् । कार्ययोजनाले उद्धार राहत तथा पुरस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ ।

‘जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरूले पूर्वानुमान गरेका छन् । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार भएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर