नेभिगेसन मेनु

हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान
सम्पादक:南亚网络电视
समय:2023-04-08 14:54

Untitled-1 (2)

व्यास नगरपालिकाको वडा नम्बर १ को कार्यालयले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप दश हजार अनुदान दिएको छ । जैविक कृषिलाई प्रोत्साहन गर्न र  हाते ट्याक्टर खरिद गर्न नसक्ने कृषकलाई जीविकोपार्जनलाई सहज बनाउन अनुदान दिइएको वडाध्यक्ष रमेशचन्द्र हड्खलेले जानकारी दिनुभयो । वडाले १२ जना कृषकलाई रकम प्रदान गरेको छ ।

अनुदान रकम एक कार्यक्रमबिच व्यास नगरपालिकाका  प्रमुख वैकुण्ठ न्यौपानेले रकम प्रदान गर्नुभयो । उक्त अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्ला समयमा गोरु पाल्ने प्रचलन हराउँदै  जान थालेपछि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहार बिहारमा खर्च गर्न समेत उहाँले कृषकलाई सुझाव दिनुभयो ।

गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र कृषकलाई टिकाइ राख्न गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर